रिलायन्स इन्टरनेशनल एकेडेमीद्वारा २३ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं – चावहिल सरस्वतीनगरस्थित रिलायन्स इन्टरनेशल एकेडेमीले कक्षा ११ मा भर्ना भएका २३ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । एकेडेमीले शुक्रवार एक कार्यक्रमको विचमा विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यकम सम्पन्न गरेको हो।
रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाको अध्यक्षता रहेको कार्यक्रममा संस्कृति विभाग प्रमुख एवम् वोर्ड सदस्य दामोदर निरौलाले कार्यक्रममा उपस्थितलाई दुई मिनेटको ध्यान गराएर कार्यक्रमको सुरुवात गरेका थिए । ुहामीले हरेक कक्षा सुरु गर्दा दुई मिनेटको ध्यान गरेरमात्र सुरु गर्छौँ, ु निरौलाले भने, झयो नैरिलायन्सको संस्कृति हो ।’
कार्यक्रममा एकेडेमीका सहायक प्रिन्सिपल नन्दु कुशुवाहले स्वागत मन्तव्य मार्फत विद्यार्थीहरुलाई स्वागत गरेका थिए । साथै कलेजको शैविक गतिविशैक्षिक गतिविधिका वारेमा प्रकाश पारेका थिए । ‘तपाईंहरुलाई यतिवेला सबै नयाँ लागिरहेको होला त्यो स्वाभाविक हो,’ उनले भने, ‘तपाईंहरुले रिलायन्सबाट आफ्नो शैक्षिक यात्रा सुरु गर्नुभएको छ त्यो यात्रामाकुनै शंका मान्नुपर्दैन हामी तपाइहरुको साथमा छौं ।’
त्यस्तै कार्यक्रममा कक्षा १२ को तर्फवाट रेविका श्रेष्ठले कक्षा ११ भर्ना भएका विद्यार्थी लाई स्वागत गरेकी थिइन् ।
यसैगरी विज्ञान संकायका को–आर्डिनेटर यादव पाण्डेले कार्यक्रमा बोल्दै रिलायन्सका विद्यार्थीले पाएको सफलता बारे जानकारी दिएका थिए। उनले कक्षा १२ पछि एमबीबीएस र इन्जिनियरिङमा छात्रवृत्तिमा नाम निकालेर आफ्नो करिअरमा राम्रो गरिरहेको बताए।
त्यसैगरी व्यवस्थापन संकायका को–अर्डिनेटर श्यामकुमार कामथले रिलायन्सका विद्यार्थीहरु बैंकदेखि विभिन्न कर्पोरेटलगायतका विभिन्न क्षेत्रमा सक्रिय रहेको बताए । साथै, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका विश्वविद्यालयहरुमा रिलायन्सका विद्यार्थीले आकर्षक छात्रवृत्तिमा अध्ययन गरिरहेको समेत उनले बताए।
कार्यक्रममा सिनियर स्टुडेण्ट रिलेसन अफिसर विश्वनाथ घिमिरेले विद्यार्थीहरुलाई आचारसंहिताका बारेमा जानकारी गराएका थिए। साथै उनले रिलायन्सको कल्चरका बारेमा पनि विद्यार्थीहरुलाई बताएका थिए ।
यसैगरी कलेजका इसीए/सीसीए समितिका सदस्य गजेन्द्र पौडेलले कलेजमा हुने अतिरिक्त क्रियाकलापका बारेमा अवगत गराएका थिए ।
कार्यक्रममा रिलायन्स एजुकेशन नेटवर्कका बोर्ड अफ डाइरेक्टर एवम् सिनियर चार्टर्ड अकाउण्टेन्ट राजुकुमार सिवाकोटीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई बधाई नथा शुभकामना दिदै अबको दुई वर्ष जीवनलाई उज्वल बनाउनका लागि लाग्न अनुरोध गरे । आफ्नो लक्ष्य के हो त्यो निधारण गरेर अघि बढ्न उनले सुझाव दिए । ‘जसले लक्ष्य निर्धारण गरेर अघि बढ्छ त्यो कहिल्यै असफल हुँदैन,’ उनले भने, ‘लक्ष्य प्राप्ति गर्न धैर्यता आवश्यक पर्छ।’
यसैगरी शिक्षकहरुको तर्फवाट बीबी क्षेत्री र विजय उपाध्यायले शुभकामना मन्तव्य दिएका थिए । रिलायन्समा भर्ना भएका विद्यार्थीहरुको तर्फवाट ऋचा पौडेलले धन्यवाद मन्तव्य दिएकी थिइन ।
कार्यक्रमका अध्यक्ष एवम् रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई शुभकामना दिँदै स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै थापाले देशभरका झण्डै ५ हजार प्लस टु मा रिलायन्सलाई रोजेकोमा धन्यवाद व्यक्त गरे। साथै रिलायन्स एजुकेशन नेटवर्कको नयाँ सदस्य बनेकोमा बधाइ समेत दिए ।
२३ औं व्याचसम्म आइपुग्दा १५ हजार भन्दा बढी विद्यार्थीले रिलायन्सबाट पास आउट भएको उनले जानकारी गराएका थिए। ‘उहाँहरु नेपालका विविध क्षेत्रमा सफल हुनुभएको छ,’ उनले भने ।
रिलायन्सको मुख्य कुरा भनेको उच्च शैक्षिक सफलता रहेको उनले बताए। ‘यहाँको उत्कृष्ट शैक्षिक क्रियाकलापका कारण हरेक वर्ष देशभर कै टप टेन कलेजमा पर्दै आएको छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै उनले योग्यता सञ्चार र स्वभाव ले नै मानिसलाई सफल बनाउने उनले बताए । ‘त्यसका लागि रिलायन्स सधैं अब्बल छ,’ उनले भने ।
कार्यक्रमलाई रिलायन्सका इसीए/सीसीए को–अर्डिनेटर गोविन्द ढकालले सञ्चालन गरेका थिए ।
ताजा अपडेट
- रिलायन्स इन्टरनेशनल एकेडेमीद्वारा २३ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- महानगरले सार्वजनिक गर्यो छात्रवृत्तिको सूची, को विद्यार्थी कुन कलेजमा परे ? (नामावलीसहित)
- ‘एसईईको जीपीएका आधारमा विद्यार्थी छनोट गर्ने सिटिइभिटीको निर्णय वैज्ञानिक र व्यावहारिक छ’’
- त्रिविद्वारा साउन दोस्रो हप्तादेखि स्नातक तह प्रथम सत्रको भर्ना सुरु गर्न क्याम्पसहरुलाई निर्देशन
- २१ साउनअघि विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षक महासंघको ‘अल्टिमेटम’
- काठमाडौं महानगरद्वारा छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- प्रधानमन्त्रीको अग्रसरतामा सबै विश्विद्यालयले स्वीकृत गराए नयाँ आर्थिक वर्षको बजेट र कार्यक्रम
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया