सेन्ट लरेन्सले गर्यो २९ औँ ब्याचका विद्यार्थीलाई स्वागत, यसवर्ष पनि सयौँ विद्यार्थीको रोजाईमा पर्यो लरेन्स

काठमाडौं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजले कक्षा ११ का भर्ना भएका २९ औँ ब्याचका विद्यार्थीलाई स्वागत एवम् अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक भव्य समारोहकाबीच उक्त कार्यक्रम सम्पन्न भएको हो ।
२९ औँ वर्षको उकालीमा लागेको सेन्ट लरेन्स लामो समयदेखि देशभरकै उत्कृष्ट माविको सूचिमा पर्दै आएको छ । उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, शान्त वातावरण, अतिरिक्त क्रियाकलापमा जोड, कुशल व्यवस्थापनका कारण सेन्ट लरेन्स वर्षेनी सयौँ विद्यार्थीको रोजाईमा पर्दै आएको छ ।
कार्यक्रममा क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनले अतिथि र नवआगन्तुक विद्यार्थीलाई मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै महर्जनले एसईई उत्तिर्ण गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई बधाई दिँदै उच्च शिक्षाको सफलताको कामना गरे । ‘अबको दुईवर्ष तपाईंहरु हामीसँगै हुनुहुनेछ,’ उनले भने, ‘तपाईंहरुको एकेडेमिक र अतिरिक्त क्रियाकलापमा हामी सँगसँगै हुनेछौँ ।’
यसैगरी, सेन्ट लरेन्स कलेजमा अध्ययन गरेपश्चात उच्च शिक्षाका लागि जाँदै गर्दा दुई वर्षको बसाई उपलब्धिमुलक हुने आशा लिएको विश्वाससमेत व्यक्त गरे ।
स्वागत कार्यक्रममा बोल्दै महर्जनले विद्यार्थीलाई आफूले रुचि र चाहना भएको विषयमा अध्ययन गर्न सुझाव समेत दिए । ‘आज कुनै विषयमा अध्ययन गर्नका लागि भोलिको स्कोप हेर्ने चलन छ त्यो राम्रो होइन,’ उनले भने, ‘जुन विषयमा आफ्नो रुचि छ त्यो विषय राम्रोसँग अध्ययन गर्ने हो भने त्यसमा ठूलो सफलता हासिल गर्न सकिन्छ ।’
त्यस्तै, कक्षा १२ का छात्र कुशल दंगालले सेन्ट लरेन्ससँगको आफ्नो एक वर्षको अनुभव साटेका थिए । कक्षा ११ मा भर्ना भएका नवआगन्तु विद्यार्थीलाई स्वागत गर्दै उनले भने, ‘गत वर्ष एसईई उत्तिर्ण गरेपछि म पनि कता कता उत्साहित, निराश, दोधार सबै थिएँ । तर, मभित्र सपना र इच्छाशक्ति पनि त्यत्तिकै थियो,’ उनले भने, ‘जब म सेन्ट लरेन्समा भर्ना भएँ आजका दिनसम्म निराश हुनुपरेको छैन ।’ दंगालले सेन्ट जेभियर्स, बुढालिनकण्ठमा नाम निकाल्दासमेत सेन्ट लरेन्स नै रोजेका थिए ।
‘सेन्ट लरेन्सले मैले सोचेभन्दा धेरै राम्रो शिक्षा दिएको छ । यहाँको एकेडेमिक अनि एक्स्ट्रा करिकुलम एक्टिभिटिज अनि पारिवारिक वातावरणले मलाई सधैं प्रफुल्लित बनाइरहेको छ,’ उनले भने, ‘मैले अन्य विद्यालयमा पनि अध्ययन गर्नका लागि नाम निकालेको थिएँ तर मैले सेन्ट लरेन्स नै रोजेँ त्यसमा मलाई कुनैपनि पछुतो छैन ।’ यसैगरी, दंगाल विज्ञान संकायतर्फ उत्कृष्ट विद्यार्थीबाट सम्मानीत समेत भएका थिए । उनीसँगै व्यवस्थापनबाट रोनिश मगर उत्कृष्ट विद्यार्थीबाट सम्मानीत भएका थिए । यसैगरी, ज्याेतिका राईलाई सेन्ट लरेन्स आइकनबाट सम्मानीत गरिएको थियो ।
कार्यक्रममा कलेजका प्रिन्सिपल ताराप्रसाद सुवेदीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अबको दुई वर्ष जीवनकै अविस्मरणीय हुने बताए । ‘तपाईंहरु थुप्रै वर्ष स्कुले जीवन पार गरेर शिक्षाको नयाँ यात्रा शुरु गर्नुभएको छ,’ उनले भने, ‘यो यात्रामा तपाईंहरुलाई साथ दिन सेन्ट लरेन्स कटिबद्ध भएर लाग्ने प्रण गर्दछु ।’
साथै, सेन्ट लरेन्सले आजका दिनसम्म पाएको सफलतामा विद्यार्थी, शिक्षक, अभिभावक, कलेज व्यवस्थापन सबैको हात रहेको बताए । ‘हामी देशभरकै उत्कृष्ट माविभित्र पर्दै आएका छौँ,’ उनले भने, ‘यो हामी सबैको साथले भएको हो ।’ कार्यक्रममा बोल्दै सुवेदीले सेन्ट लरेन्स जीवन विज्ञान सिकाउने पाठशाला भएको समेत बताए । ‘सेन्ट लरेन्समा किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन्छौँ,’ उनले भने, ‘हामीले विद्यार्थीलाई नौ वटा क्लबमा आवद्ध गराएर विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागि हुन प्रोत्साहन गरिरहेका हुन्छौँ ।’
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश कार्यालय प्रमुख जयन्ती सत्यालको विशेष आतिथ्यता रहेको थियो । उनले विद्यार्थीहरुलाई आफूलाई रुची भएको विषय अध्ययन गर्न सुझाव दिइन् । साथै, एसईईमा प्राप्त गरेको जीपीए भन्दा पनि जीवनलाई कसरी बुझियो भन्ने कुराले सार्थकता प्रदान गर्ने उनको भनाई थियो ।
त्यस्तै, अर्का विशेष अतिथि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवम् प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठले विद्यार्थीमा चाहना भयो भने जस्तोसुकै काम गर्न सक्ने बताए । ‘म बाग्लुङमा जन्मिएर बेलायतसम्म पुगेर प्रत्यारोपणको विशेषज्ञता हासिल गरेर अहिले नेपालीहरुकै उपचार गरिरहेको छु,’ उनले भने ।
कार्यक्रममा डा. श्रेष्ठले आफूले भोगेको दुःख, पीडा र सफलतालाई विद्यार्थीहरुमाझ प्रस्तुत गरेका थिए । दृढ संकल्पले मात्र मानिसलाई सफल बनाउने उनको भनाई थियो ।
कार्यक्रममा लिड्स नेपालका अध्यक्ष एवम् पूर्व बैंकर अनिलकेशरी शाहको प्रमुख आतिथ्यता रहेको थियो । उनले विद्यार्थीहरुलाई आजबाटै आफ्नो क्षमता पहिचान गर्न सुझाव दिए । ‘अरु जस्तै बन्छु भनेर कहिल्यै त्यसको पछि नलाग्नुहोला,’ उनले भने, ‘आफ्नो क्षमता पहिचान गर्नुस् र त्यस्तै बन्न लगनशील भएर मिहिनेत गर्नुस् तपाईं सफल हुनुहुन्छ ।’
कलेजका अध्यक्ष केशवप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा सयौँ विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष दंगालले सेन्ट लरेन्सलाई प्लस टु अध्ययनको उत्कृष्ट गन्तव्यका रुपमा छानेर भर्ना भएका सबैलाई धन्यवाद दिएका थिए ।
सेन्ट लरेन्सलाई विगतमा जस्तै यसवर्ष पनि पूर्व मेची देखि पश्चिम महाकालीसम्मका विद्यार्थीले आफ्नो आगामी शिक्षाको गन्तव्य बनाएको उनले बताए । त्यसैले यो दुई वर्षको अवधिमा विद्यार्थीले विविध भूभाग, संस्कृतिबाट आएका विद्यार्थीमा रहेको प्रतिभालाई अझै प्रस्फुटन गर्दै शैक्षिक गतिविधि अघि बढाउने उनले प्रतिवद्धता व्यक्त गरे । ‘हामी कहाँ विभिन्न क्षेत्रबाट विविध प्रतिभा भएका विद्यार्थीहरु आउनुभएको छ,’ उनले भने, ‘हामी उहाँहरुको प्रतिभालाई उजागर गर्दै शैक्षिक यात्रामा सँगसँगै सहयात्रा गर्नेछौँ ।’
कार्यक्रममा सेन्ट लरेन्समा अध्ययन गरी विभिन्न क्षेत्रमा सफलता हासिल गरेका विद्यार्थीहरुलाई अभिनन्दनसमेत गरिएको थियो ।
त्यसैगरी, कार्यक्रममा विज्ञान र व्यवस्थापनका उत्कृष्ट शिक्षकलाई समेत सम्मान गरिएको थियो । जसमा व्यवस्थापनबाट केशव राई र विज्ञानबाट विकास लोहोनीलाई सम्मान गरिएको थियो । त्यस्तै, शिक्षक दासुराम कोइरालालाई विशेष सेवा सम्मानबाट सम्मानीत गरिएको थियो ।
त्यस्तै, कार्यक्रममा केही साता अघि ताइवानमा भएको एसिया प्यासिफिक कन्फ्रेन्स अफ योङ्ग साइन्टिस्टमा सहभागी भएका विद्यार्थी र मेन्टरलाई पनि सम्मान गरिएको थियो । उक्त कन्फ्रेन्समा नेपाललाई प्रतिनिधित्व गर्दै सेन्ट लरेन्स कलेजका विद्यार्थीहरु कुशल दंगाल, निलिमा सुवेदी, गणेश ज्योती र मेन्टर नुमकान्त पराजुली सहभागी भएका थिए । जसमा उनीहरुले बेष्ट पोष्टर अवार्डसहित इन्भारोमेन्टल साइन्स विधामा कास्य पदक र लाइफ साइन्समा रजत पदक हात पार्न सफल भएका थिए ।
त्यस्तै, कार्यक्रममा गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको बेजोड सांगीतिक प्रस्तुतिसमेत रहेको थियो । कार्यक्रमलाई कलेजका शिक्षक नानीकाजी खड्का (एनके)ले सञ्चालन गरेका थिए ।
ताजा अपडेट
- करारका शिक्षक कटौती नहुने
- ६५२ उत्तररपुस्तिका जेनजी आन्दोलनमा नष्ट भएपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
- सीटीईभीटीका १४ हजारभन्दा बढी उत्तरपुस्तिका जले, पुनः परीक्षा मंसिर ४ देखि
- एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया