भदौ दोस्रो साताबाट आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
काठमाडौं । नेपाल शिक्षक महासंघले भदौ दोस्रो हप्ताबाट पुनः आन्दोलन गर्ने भएको छ । आज बसेको महासंघको बैठकले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको हो ।
साथै, महासंघले राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक भदौ ३ र ४ गतेका लागि बोलाएको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए । उनका अनुसार सरकारले सहमति कार्यान्वयन नगरेको भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
उनले भने, ‘आन्दोलनको कार्यक्रम आन्दोलन परिचाल समितिले खाका तयार गर्छ। र राष्ट्रिय समितिले पारित गरेपछि दोस्रो साताको सुरुबाटै गर्नेगरी सार्वजनिक गर्छौँ ।
सुवेदीका अनुसार शिक्षा विधेयक पारित गर्न अविलम्ब गरे र शिक्षक महासंघसँग विगतमा भएका सहमतिलाई लत्याउने काम भएको खण्डमा महासंघ आन्दोलनमा जाने निर्णय भएको हो ।
भदौ ३ र ४ गते महासंघको बैठकले आन्दोलनको मोडालिटी तयार गर्ने उनले बताए ।
साथै यसबिचमा महासंघको आन्दोलन परिचालन समितिले आन्दोलनका विभिन्न ऐजन्डा प्रस्ताव गर्ने उपयुक्त प्रस्ताव अनुसार राष्ट्रिय समितिले आन्दोलनको मोडालिटी तय गर्नेछ ।
शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित यसअघि नै शिक्षक महासंघको अगुवाइमा शिक्षकहरुले लामो आन्दोलन गरे । तर सरकारले शिक्षा ऐन जारी गर्ने सहमतिसहित शिक्षकहरुले आन्दोलन रोकेका थिए । तर विधेयक पारित गर्न ढिलाइ भएपछि पुनः आन्दोलन गर्ने भएका हुन् ।
ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया