Techie IT
  • सोमबार, भदौ ९, २०८२ / Monday, August 25, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचार१० औँ रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन हुँदै, २ सय विद्यार्थीले जनाउँदैछन् सहभागिता

१० औँ रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन हुँदै, २ सय विद्यार्थीले जनाउँदैछन् सहभागिता


काठमाडौं– रिलायन्स एजुकेशन नेटवर्कले रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन(आरपीमुन)को १० औँ संस्करण आयोजना गर्ने भएको छ । नेटवर्कले साउन २९ गतेदेखि ३१ गतेसम्म बुढानिलकण्ड १० स्थित रिलायन्स पब्लिक स्कुलमा सम्मेलन गर्न लागेको हो ।

सम्मेलनमा विगतमा वर्षहरुमा झैँ यसवर्ष पनि देशभरबाट २ सयभन्दा बढी विद्यार्थीहरु सहभागी हुने आयोजकले जनाएको छ । रिलायन्सले २०७२ सालदेखि निरन्तर गर्दै आएको यो सम्मेलनमा १३ देखि १८ वर्ष उमेरसमूहका विद्यार्थीहरु सहभागी हुने सम्मेलनका निर्देशक दिलिप नेपालले जानकारी दिए ।

सम्मेलनमा विश्वमा देखिएका जल्दाबल्दा समस्याहरुको बारेमा बहस, वार्ता तथा समस्या समाधानको प्रयास गरिने जनाइएको छ । ‘जलवायु परिवर्तन, स्वचालिन तथा कृत्तिम वुद्धिमताले क्षमताकृत हतियारको नियमन, कन्स्ट्यान्टी नोपलको पतन, सुशासनका लािग भ्रष्टाचार निवारण, मानिसमा हुने जनावरको अंग प्रत्यारोपलृे निम्त्याउन सक्ने जोखिम, दिगो विकास लक्ष्य प्राप्तिका प्रयासमा आर्थिक तथा सामाजिक समावेशिताको भूमिका, शसस्त्र द्वन्द्व र शरणार्थी अधिकार संरक्षण जस्ता विषयमा बहस, वार्ता, तथा समस्या समाधानमा विद्यार्थीहरु सहभागी हुनेछन्,’ आयोजकले जनाएको छ ।

बहसमा विभिन्न आठ वटा समितिहरु रहनेछन् । ३ दिनसम्म चल्ने सम्मेलनमा निःशास्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समिति, सामाजिक, मानवतावादी तथा सांस्कृतिक समिति, ऐतिहासिक संकत समिति, संघीय संसद नेपाल, विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय प्रेस कप्स संयुक्त राष्ट्र विकास कार्यक्रम, संयुक्त राष्ट्र मानव अधिकार परिषद् लगायतमा नमूना समितिहरु रहने संयोजक नेपालले जानकारी दिए ।

सम्मेलनलाई संयुक्त राष्ट्रसंघका पूर्व आवासीय समन्वयक तथा आवासीय प्रतिनिधि विश्व वि.पराजुलीले उद्घाटन गर्ने आयोजकले जनाएको छ । सम्मेलनमा काठमाडौं उपत्यकाका १८ र उपत्यकाका बाहिरनका रुपन्देही, चितवन, धनुषा गरी २२ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुने संयोजक नेपालले जानकारी दिए ।

यो सम्मेलनले विद्यार्थीहरुमा कुटनीतिक क्षमता, नेतृत्व विकास, अनुसन्धान क्षमता अभिवृद्धि गर्ने तथा विश्व समाज, राजनीति, भूगोल तथा अर्थतन्त्रको बारेमा गहिरो सिकाई हुने अपेक्षा गरिएको नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाले बताए । सम्मेलनबारे जानकारी दिन मंगलबार रिलायन्स पब्लिक स्कुलको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले एउटा शैक्षिक संस्थाले पढ्ने पढाउने मात्र नभई खोज, अनुसन्धानका क्षेत्रमा पनि विद्यार्थीलाई उत्प्रेरित गर्छ भन्ने गतिलो उदाहरणको रुपमा यो सम्मेलनलाई लिन सकिने बताए । ‘यो सम्मेलनको खास उद्देश्य विश्वलाई कसरी शान्त र सफा बनाउने भन्ने नै हो,’ उनले भने, ‘साथै भविष्यमा ग्लोबल लिडरसीप उत्पादन गर्ने यो सम्मेलनको अर्को उद्धेश्य हो ।’

कार्यक्रममा रिलायन्स पब्लिक स्कुलका प्रिन्सिपल बसन्तलाल लामिछानेले रिलायन्स एजुकेशन नेटवर्कले गर्ने मूख्य कार्यक्रममध्ये ‘आरपीमुन’ एक रहेको बताए । यो सम्मेलनले विद्यार्थीलाई किशोरावस्थामै नेतृत्व सम्बन्धि कला सिकाउने उनको भनाइ थियो । ‘यसले कुनै पनि मुद्धालाई कसरी बहसमा लैजाने भन्ने कुरा विद्यार्थीलाई सिकाउँछ,’ उनले भने, ‘यसले भोलिका दिनमा करिअर निर्माणम पनि ठूलो सहयोग गर्छ भन्ने हाम्रो विश्वास छ ।’

पत्रकार सम्मेलनमा आरपीमुनकी महासचिव प्राश्ना थपलियाले मुन विशेषगरी विद्यार्थीहरुकै लागि बनेको बताइन् । यसले विद्यार्थीहरुलाई पब्लिक स्पेसहरुमा बोल्नका लागि हौसला थपिरहेको उनको भनाई थियो । ‘मुनमा लागेका विद्यार्थीहरुले हावादारी कुरा बोल्दैनन् अनुसन्धानमा आधारित भएर बोल्छन्,’ उनले भने, ‘यसले किताबी ज्ञानमात्र नभएर विश्वमा भइरहेका पछिल्ला गतिविधि र जल्दोबल्दो समस्याका बारेमा समेत नयाँ पुस्तालाई अवगत गराउन ठूलो सहयोग गरिरहेको हुन्छ ।’



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको