एक महिनाभित्र एसईई नतिजा ल्याउने कार्यविधि बोर्डबाट पास, बुधबार मन्त्रालयले प्रमाणीकरण गर्ने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड ले एक महिनाभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने व्यवस्था सहितको कार्यविधि पारित गरेको छ।
मंगलबार साँझ बसेको बोर्ड बैठकले उक्त कार्यविधि पारित गरी प्रमाणीकरणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको हो। मन्त्रालयले बुधबार नै कार्यविधि प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको स्रोतले जनाएको छ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले एसईई नतिजा १५ दिनभित्र सार्वजनिक गर्ने गरी कार्यविधि बनाउन निर्देशन दिएका थिए। तर सो समयावधि व्यवहारिक रूपमा कठिन हुने निष्कर्षपछि बोर्डले एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने व्यवस्था गर्दै कार्यविधि पारित गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि बोर्डलाई एक महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी कार्यविधि तयार गर्न निर्देशन दिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार कार्यविधिमा उत्तरपुस्तिका परीक्षणको व्यवस्थासमेत समेटिएको छ ।
उनका अनुसार सम्भव भएका स्थानमा परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था राखिएको छ। तर कतिपय दुर्गम क्षेत्रमा विषय शिक्षकको अभाव वा अन्य प्राविधिक चुनौती हुन सक्ने भएकाले त्यस्ता स्थानमा सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइले व्यवस्थापन गरेर उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था गरिएको छ ।
‘कतिपय दुर्गम क्षेत्रमा विषय शिक्षक नपाइने सम्भावना रहन्छ वा अन्य चुनौतीहरू आउन सक्छन्,’ अधिकारीले भने, ‘त्यस्तो अवस्थामा सम्बन्धित इकाइले व्यवस्थापन गरेर परीक्षण गर्नेछ। तर नतिजा भने एक महिनाभित्रै सार्वजनिक गर्नुपर्नेछ ।’
यसैबीच सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइ, प्रदेश शिक्षा निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड तथा परीक्षा केन्द्रबीचको समन्वय र सहयोगमा परीक्षा सञ्चालन गर्ने विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए ।
यस वर्षको एसईई परीक्षा आगामी चैत्र १९ गतेबाट सुरु हुने तालिका रहेको छ ।
ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया