पहिराले विद्यालय भवन पुरिएपछि…

पर्वत : अबिरल वर्षासँगै आएको पहिराले कक्षाकोठा पुरिँदा यहाँको एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ।
पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि समस्या भएको हो।
असार १४ गते राति आएको अबिरल वर्षापछि गएको पहिराले विद्यालयको तीन–तीनकोठे दुईवटा भवनमा क्षति पुर्याएको विद्यालयका प्रधानाध्यापक विष्णु शर्माले जानकारी दिए। विद्यालय बिदा भएको समयमा पहिरो आएकाले मानवीय क्षति नभएको उनको भनाइ छ।
‘अबिरल वर्षासँगै विद्यालयमा माथिबाट पहिरो खस्यो, उक्त दिन बिदा भएका कारण मानवीय क्षति भएन’, उन भने। विद्यालयमा पहिराले क्षति पुर्याएसँगै कक्षाकोठाको अभाव भएको उनको भनाइ छ।
‘अहिले तत्कालका लागि केही गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘बर्खायाम भएकाले अझै क्षति हुने सम्भावना छ।’ उनले वर्षे बिदापछि कक्षा सञ्चालन हुने भएकाले वैकल्पिक कक्षाकोठाका लागि व्यवस्थापनमा समस्या हुने बताए।
विद्यालयले जग्गा अभावका कारण दुई ठाउँमा कक्षा सञ्चालन गरिरहेको छ। विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्मको आधारभूत तह सञ्चालन भइरहेको छ।
शर्माका अनुसार एउटा तीनकोठे भवन २०७५ सालमा रु ३१ लाख ५० हजारमा निर्माण गरिएको हो भने अर्को भवन २०७६ सालमा रु १६ लाख २० हजारमा २०७६ सालमा निर्माण गरिएको थियो।
ठेकेदारको लापरबाहीका कारण विद्यालयमा क्षति पुगेको स्थानीयको भनाइ छ। सडक निर्माणका क्रममा ठेकेदारले विद्यालयमाथि जथाभावी माटो फालेका कारण विद्यालयमा क्षति भएको स्थानीय अभिभावक राजेन्द्र क्षेत्रीको आरोप छ।
‘शुक्रबार बिहान १० बजे सडकमाथिबाट झरेको पहिराले नाली पुरियो। उक्त पानी नाली हुँदै ग्यावियनभित्र छिरेपछि पहिरो गएको हो’, प्रत्यक्षदर्शी क्षेत्रीले भने, ‘ठेकेदारका कारण विद्यालयको भौतिक संरचनामा ठूलो क्षति भयो।’
सडक निर्माणका क्रममा ठेकेदारको लापरवाहीका कारण विद्यालयमा क्षति पुगेको अभिभावकहरुको आरोप छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितवहादुर थापा मगरले सडक निर्माणका क्रममा प्राविधिक त्रुटी भएको आशंका व्यक्त गरे।
सडक निर्माणका क्रममा हामीले ठेकेदार र प्राविधिकलाई विद्यालयमाथि माटो राख्दा समस्या हुन्छ भनेर बारबार अनुरोध गरेको भएपनि सुनुवाई नभएको उनको भनाइ छ। ‘अविरल बर्षसँगै आएको एक दिनको पानीले लाखौको क्षति बनायो’, उनले भने, ‘तत्काललाई समस्या नभएपनि विद्यालय संचालनका क्रममा विद्यार्थी कहाँ राख्ने भन्ने चिन्ताले सताउन थालेको छ।’
गत सोमबार फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारीले विद्यालयको स्थलगत निरीक्षण गरेका छन्। विद्यालयमा भएको क्षतिको विषयमा प्रहरी मुचुल्का बनाएर विभिन्न सङ्घसंस्था हुँदै गृहमन्त्रालयमा पठाउने तिवारीले बताए। विद्यालयको क्षति र समस्याका विषयमा तत्काल राहतका लागि पहल गर्नेसमेत तिवारीको भनाइ छ। विसं २०१३ सालमा स्थापना भएको विद्यालयमा हाल ४३८ जना विद्यार्थी छन्।
ताजा अपडेट
- कक्षा ११ का विद्यार्थीलाई मनास्लु कलेजको अभिमुखीकरण, झण्डै एक हजार विद्यार्थीले रोजे मनास्लु
- ‘न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
- रिलायन्स इन्टरनेशनल एकेडेमीद्वारा २३ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- महानगरले सार्वजनिक गर्यो छात्रवृत्तिको सूची, को विद्यार्थी कुन कलेजमा परे ? (नामावलीसहित)
- ‘एसईईको जीपीएका आधारमा विद्यार्थी छनोट गर्ने सिटिइभिटीको निर्णय वैज्ञानिक र व्यावहारिक छ’’
- त्रिविद्वारा साउन दोस्रो हप्तादेखि स्नातक तह प्रथम सत्रको भर्ना सुरु गर्न क्याम्पसहरुलाई निर्देशन
- २१ साउनअघि विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षक महासंघको ‘अल्टिमेटम’
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया