रिलायन्स कलेजले सीए कार्यक्रम सञ्चालन गर्दै
काठमाडौं । रिलायन्स कलेजले चार्टर्ड एकाउन्टेन्सी (सीए) कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ । कलेजले आधुनिक सुविधा, अनुभवी शिक्षक तथा न्यून शुल्कसहित गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित कार्यक्रम सुरु गरेको हो । कलेजका अनुसार सीए अध्ययन सुरु गर्न कक्षा १२ को नतिजा पर्खिनु नपर्ने व्यवस्था गरिएको छ । कक्षा १२ को परीक्षा सकिएको एक साताभित्रै कक्षा सञ्चालन गरिने जानकारी दिइएको छ ।
विश्वभर प्रतिष्ठित तथा कम खर्चमा अध्ययन गर्न सकिने शैक्षिक कार्यक्रमका रूपमा चिनिने सीए अध्ययन रिलायन्सले आधुनिक ‘स्मार्ट कक्षाकोठा’मार्फत सञ्चालन गर्ने जनाएको छ । विद्यार्थीले कलेजका क्लब, क्याफेटेरिया, खेलकुद, पुस्तकालय तथा छात्रावासलगायतका सुविधा पनि उपयोग गर्न पाउनेछन् ।
कलेजले आफ्नै भवन तथा खेलमैदानसहित उत्कृष्ट शिक्षकमार्फत पठनपाठन गराइने उल्लेख गरेको छ । पहिलो ब्याच भएकाले शिक्षाशुल्क न्यून राखिएको तथा विभिन्न छुट सुविधा पनि उपलब्ध गराइएको कलेजले जनाएको छ ।
हाल कार्यक्रमको भर्ना खुलिसकेको र इच्छुक विद्यार्थी तथा अभिभावकलाई कलेज भ्रमण गरी विस्तृत जानकारी लिन आग्रह गरिएको छ ।
ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया