१६ जना ४ जीपीए होल्डरसहित रिलायन्सका १०१ जना एसईई उत्तीर्ण विद्यार्थी सम्मानित
काठमाडौ । कपनस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण १०१ जना विद्यार्थीहरुलाई सम्मान तथा बिदाइ गरेको छ । चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा आयोजित ‘२६औँ एसईई फेलिसिटेसन एन्ड फेयरवेल कार्यक्रम–२०८३’ मार्फत विद्यार्थीहरुलाई सम्मान, शुभकामना तथा बिदाइ गरिएको हो ।
विद्यालयका अनुसार यस वर्षको एसईई परीक्षामा सहभागी १०१ जना विद्यार्थीतमध्ये १६ जनाले ४ जीपीए प्राप्त गरेका छन् । ४ जीपीए हासिल गर्ने विद्यार्थीहरुलाई जनही १० हजार १ सय ५ रुपैयाँ नगदसहित विशेष सम्मान गरिएको विद्यालयले जनाएको छ । अन्य विद्यार्थीहरुलाई सम्मानपत्र, मायाको चिनो तथा ग्राजुएसन ह्याट प्रदान गरिएको थियो ।
विद्यालयले गत वर्षको एसईई परीक्षामा २० जना विद्यार्थीले ४ जीपीए प्राप्त गर्दै बागमती प्रदेशमै उत्कृष्ट नतिजा हासिल गरेको स्मरण गराएको छ । साथै एसएलसी प्रणाली लागू रहेको समयमा समेत रिलायन्स पटक–पटक बोर्ड प्रथम बन्न सफल भएको विद्यालयले जनाएको छ ।
कार्यक्रमका सभापति एवं रिलायन्स एजुकेशन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्रजंग थापाले रिलायन्सका २६औँ ब्याचका विद्यार्थीहरुलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै रिलायन्स नेटवर्कअन्तर्गत अध्ययन गरेका २ हजारभन्दा बढी विद्यार्थी विभिन्न क्षेत्रमा सफलतापूर्वक अघि बढिरहेको बताए । उनले रिलायन्सले केवल पाठ्यपुस्तकमा आधारित शिक्षा मात्र नभई जीवनोपयोगी, व्यवहारिक तथा संस्कारयुक्त शिक्षामा विशेष जोड दिँदै आएको उल्लेख गरे ।
“रिलायन्समा पढ्दा संसार पाइन्छ,” भन्दै उनले विद्यालयले विद्यार्थीहरुको व्यक्तित्व विकास, अनुशासन, नेतृत्व क्षमता तथा व्यवहारिक ज्ञान विकासमा विशेष ध्यान दिँदै आएको बताए । रिलायन्सले केवल शैक्षिक नतिजामात्र नभई विभिन्न राष्ट्रिय उपलब्धि तथा कीर्तिमानसमेत कायम गरेको उल्लेख गर्दै उनले २०७० सालमा बोर्ड प्रथम भएको विद्यालयका रूपमा रिलायन्सले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताए । साथै अतिरिक्त क्रियाकलाप तथा सह–पाठ्यक्रम गतिविधिमा समेत विद्यार्थीहरु उत्कृष्ट रहेको र विद्यालयकै जस्तै उत्कृष्ट नतिजा प्लस टु तहमा पनि कायम रहेको उनले उल्लेख गरे ।
कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख सुरेश कुमार जोशीले शिक्षक, विद्यार्थी तथा अभिभावकलाई धन्यवाद व्यक्त गर्दै शिक्षालाई व्यवहारसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । उनले ४ जीपीए प्राप्त गर्नु मात्र ठूलो उपलब्धि नभई त्यसलाई व्यवहारमा उतार्न सक्नु अझ महत्वपूर्ण रहेको बताए ।
“जीवनमा आइपर्ने हरेक समस्यालाई समाधान गर्न सक्ने क्षमता नै वास्तविक शिक्षा हो,” उनले भने, “शिक्षालाई सीप, संस्कार तथा जीवनोपयोगी अभ्याससँग जोडेर अघि बढाउन आवश्यक छ ।” पाठ्यक्रममा आधारित शिक्षासँगै व्यवहारिक ज्ञान, नैतिक शिक्षा तथा संस्कारलाई पनि उत्तिकै महत्व दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमका विशेष अतिथि तथा रिलायन्स नेटवर्कका बोर्ड सदस्य राजुकुमार शिवाकोटीले रिलायन्सले आफूलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा प्रमाणित गरिसकेको बताए । उनले विद्यालयले विद्यार्थीहरुको शैक्षिक विकाससँगै नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व तथा अतिरिक्त प्रतिभा विकासमा समेत विशेष ध्यान दिँदै आएको उल्लेख गरे ।
विद्यालयका प्रिन्सिपल खेमराज भुसालले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको उत्कृष्ट नतिजा विद्यार्थीहरुको मेहनत, शिक्षकहरुको समर्पण, अभिभावकहरुको विश्वास तथा विद्यालय व्यवस्थापनको सहकार्यको प्रतिफल भएको बताए । उनले रिलायन्स इन्टरनेशनल एकेडेमीले अनुशासन, संस्कार, गुणस्तरीय शिक्षा तथा व्यवहारिक सिकाइलाई प्राथमिकतामा राख्दै विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा निरन्तर काम गर्दै आएको उल्लेख गरे ।
कार्यक्रममा विद्यार्थीहरुले स्वागत नृत्य, विद्यालय गीत, सांगीतिक प्रस्तुति, अनुभव आदान–प्रदान तथा बिदाइ गीत प्रस्तुत गरेका थिए । साथै शिक्षक सम्मान, मायाको चिनो वितरण, विद्यार्थी सम्मान तथा शुभकामना आदान–प्रदानलगायत विविध कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।
ताजा अपडेट
- काठमाडौं महानगरपालिकाको छात्रवृत्तिमा २६ हजार ८८८ जनाको आवेदन, आवेदन स्वीकृत गर्ने क्रम जारी
- १६ जना ४ जीपीए होल्डरसहित रिलायन्सका १०१ जना एसईई उत्तीर्ण विद्यार्थी सम्मानित
- रिलायन्स पब्लिक स्कुलद्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई विदाइ तथा सम्मान
- एसईईको उत्तरपुस्तिका पुनर्योगका लागि ३३ हजारभन्दा बढी निवेदन, नतिजा आउन अझै समय लाग्ने
- जेठ १४ गते सार्वजनिक बिदा
- नामअघि ‘Dr.’ लेखेर सर्वसाधारण झुक्याउनेलाई अब कडा कारबाही
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया