महानगरपालिकाले गर्याे वीरगञ्जका १५ विद्यालयलाई कारबाही, यी हुन् विद्यालय

वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका १५ विद्यालयलाई कारबाही गरेको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक नगर्ने विद्यालयलाई कारबाही गरिएको हो ।
महानगरपालिकाअन्तर्गत शैक्षिक प्रशासन महाशाखाले बुधबार सूचना प्रकाशित गरी आइईएमआइएस नलिएका र लिएर पनि अद्यावधिक नगर्ने पशुपति शिक्षा मन्दिर, पपुलर इङ्लिस बोर्डिङ स्कुल, पिसजोन एकेडेमी, शान्ति निकेतन इङ्लिस प्राइमेरी स्कुल, ज्ञान निकेतन इङ्लिस बोर्डिङ स्कुल, बाबा इङ्लिस बोर्डिङ स्कुल, स्माइल एकेडेमी, श्री नरसिंह पब्लिक इङ्लिस बोर्डिङ स्कुल, वीरगञ्ज पब्लिक सेकेन्ड्ररी स्कुल, नारायणी एकेडेमी, कुमुदिनी एकेडेमी, हंसराज इङ्लिस बोर्डिङ्ग स्कुल, दिव्यप्रकाश एकेडेमी, सुफाह आइडिएल एकेडेमी र सावित्री नेशनल स्कुललाई कारबाहीस्वरुप जरिवाना गरिएको जनाएको छ ।
आइईएमआइएस लिएर पनि अद्यावधिक नगर्ने विद्यालयलाई रु पाँच हजार र नलिएका विद्यालयलाई रु १० हजारका दरले जरिवाना गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।
पहिलो चरणमा जरिवाना मात्र गरिएको र आइईएमआइएस लिन र अद्यावधिक गर्न अटेर गरे थप कारबाही गरिने उनले बताए ।
यस्तै आइईएमआइएस अद्यावधिक गर्दा गलत तथ्याङ्क प्रविष्ट गर्ने विद्यालयलाई रु १५ हजार जरिवाना गर्ने तयारी गरिएको प्रमुख कर्णको भनाइ छ । कारबाही गरिएका विद्यालयले यही असार ३१ गतेभित्र नियम बमोजिम जरिवाना बुझाएको रसिद र अद्यावधिक गरेको आइईएमआइएसको रसिदसहित शैक्षिक प्रशासन महाशाखामा उपस्थित हुन निर्देशन दिएको उनले बताए ।
ताजा अपडेट
- साइपल एकेडेमीका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष निष्काशन, विद्यार्थीको सबै विषयको परीक्षा रद्द
- साइपाल एकेडेमीका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष प्रहरी नियन्त्रणमा
- आजबाट कक्षा १२ को परीक्षा सुरु
- शिक्षिका ११ वर्षीय विद्यार्थीको प्रेममा परेपछि…
- बोर्डका अध्यक्ष शर्मा भन्छन् ,`कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाटै हुन्छ´
- शिक्षक महासंघद्वारा शैक्षिक हड्ताल स्थगित
- यी हुन् सरकार र शिक्षकबीच भएका सहमति
- सरकार र शिक्षकबीच जुट्यो सहमति
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
तपाईको प्रतिक्रिया