नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रा. लि. ले अन्तर्राष्ट्रिय स्तरको ASOCIO Digital AI Award 2026 अन्तर्गत ‘AI in Cybersecurity’ अवार्ड प्राप्त गरेको छ। सूचना प्रविधि तथा साइबर सुरक्षा क्षेत्रमा कम्पनीले पुर्याएको योगदानको कदर गर्दै इन्डोनेसियाको जकार्तामा आयोजित कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो।
एसिया तथा ओसियाना क्षेत्रका २५ भन्दा बढी देशका राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) एसोसिएसनहरू आबद्ध रहेको ASOCIO ले डिजिटल अर्थतन्त्रको विकास, क्षेत्रीय प्रविधि सहकार्य र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै आएको छ। सन् १९८४ मा स्थापित यस संस्थाले प्रदान गर्ने अवार्डलाई क्षेत्रीय सूचना प्रविधि उद्योगमा महत्त्वपूर्ण सम्मानका रूपमा लिइन्छ।
इन्साइट टेक्नोलोजीले विभिन्न संवेदनशील क्षेत्रका संस्थाहरूको साइबर सुरक्षा परीक्षण, निगरानी, जोखिम पहिचान, प्रतिक्रिया तथा सुरक्षा प्रणाली सुदृढीकरणमा कृत्रिम बौद्धिकता (एआई) को प्रभावकारी प्रयोग गरेको योगदानका लागि उक्त अवार्ड प्राप्त गरेको हो।
सन् २०२६ अक्टोबर ७ मा जकार्तास्थित Swissôtel Jakarta PIK Avenue मा आयोजित ‘Awardee Showcase’ कार्यक्रममा इन्साइट टेक्नोलोजीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन के. शर्माले कम्पनीको यात्रा, उपलब्धि र साइबर सुरक्षासम्बन्धी दृष्टिकोण प्रस्तुत गरेका थिए। कार्यक्रममा ASOCIO का पदाधिकारी, अवार्ड विजेता तथा एसिया–ओसियाना क्षेत्रका प्रविधि विज्ञहरूको सहभागिता थियो।
सन् २०११ मा आईटी सोलुसन इन्टिग्रेटरका रूपमा स्थापना भएको इन्साइट टेक्नोलोजी पछिल्लो समय साइबर सुरक्षा तथा व्यवस्थापित प्रविधि सेवा (म्यानेज्ड टेक्नोलोजी सर्भिस) प्रदायक कम्पनीका रूपमा विकसित भएको छ। कम्पनीले हाल सयौँ संस्थालाई सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ।
अवार्ड प्राप्तिपछि कम्पनीका प्रबन्ध निर्देशक तथा सीईओ शर्माले यो सम्मान कम्पनीका इन्जिनियर, विश्लेषक तथा आफ्ना सेवामा विश्वास गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय ग्राहकहरूको साझा उपलब्धि भएको बताएका छन्।
“हामीले प्रत्येक संस्थाका लागि उन्नत साइबर सुरक्षा पहुँचयोग्य बनाउने उद्देश्यले इन्साइट टेक्नोलोजी स्थापना गरेका हौँ। क्षेत्रीय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न र नेपाली प्रविधि कम्पनीहरूले विश्वव्यापी साइबर सुरक्षा इकोसिस्टममा पुर्याउन सक्ने योगदान प्रस्तुत गर्न पाउँदा हामी गौरवान्वित छौँ,” शर्माले भने।
कम्पनीका अनुसार इन्साइट टेक्नोलोजीले विगत १५ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सूचना प्रविधि र साइबर सुरक्षा सेवाहरू प्रदान गर्दै आएको छ। साइबर आक्रमण, डिजिटल जोखिम तथा संवेदनशील सूचनाको सुरक्षासम्बन्धी चुनौती बढिरहेका बेला कृत्रिम बौद्धिकताको प्रयोगमार्फत सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने प्रयासमा कम्पनी सक्रिय छ।
ASOCIO Digital AI Award 2026 अन्तर्गत प्राप्त यस सम्मानले नेपाली प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय उपस्थिति र साइबर सुरक्षा क्षेत्रमा स्वदेशी कम्पनीहरूको क्षमतालाई थप उजागर गरेको छ।
ताजा अपडेट
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया