त्रिविले स्नातक तह प्रथम वर्षको भर्ना खोल्यो, कक्षा १२ को नतिजा चाहिँ कहिले आउला ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले स्नातक तह प्रथम वर्षको भर्ना कार्यक्रम खुला गरेको छ । बिहिबार एक सूचना जारी गर्दै त्रिविले २०८०/०८१ का लागि भर्ना कार्यक्रम खुला गरेको हो ।
त्रिभुवन विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि संकायमा विद्यार्थी भर्नाका लागि त्रिविले सूचना जारी गरेको हो ।
त्रिविका अनुसार आवेदन फारम २०८० साउन २८ देखि वितरण हुने र भदौ मसान्तसम्म बुझाइसक्नुपर्ने छ ।
त्यस्तै, मंसिर ५ गतेबाट कक्षा सञ्चालन हुने त्रिविले जनाएको छ । त्रिविका अनुसार विद्यार्थीले प्रवेश चाहेको प्रत्येक संकाय/अध्ययन संस्थान र विषयअनुसार क्याम्पसमा बेग्लाबेग्लै फारम बुझाउनुपर्ने छ ।
यसैगरी, आवेदन दिँदा फारमसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रतिलिपिसमेत बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
त्रिविले भर्ना कार्यक्रम शुरु गरेपनि कक्षा १२ को नतिजा भने प्रकाशित हुन सकेको छैन । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्मा साउन महिनाभित्रै नतिजा ल्याउने गरी काम भइरहेको बताउँछन् । ‘यही महिनाभित्र नतिजा ल्याउने तयारीमा छौँ,’ उनले भने ।
ताजा अपडेट
- पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत
- कृषि तथा वन विज्ञान विश्वविद्यालयको एक अर्ब ६८ करोड बजेट स्वीकृत
- एपेक्स लाइफ स्कुलमा भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी कविता प्रतियोगिता सम्पन्न
- काठमाडौं महानगरको छात्रवृत्तिका लागि १७ हजारभन्दा बढी विद्यार्थीले दिए आवेदन, कुन विषयमा कति ?
- सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड रुपैयाँ बजेट स्वीकृत
- राजर्षि विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख रुपैयाँ बजेट स्वीकृत
- मध्यपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ३६ करोड बजेट स्वीकृत
- काठमाडौं महानगरले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि ल्यायो यस्तो कार्यक्रम
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया