रिलायन्स कलेजको विद्यार्थी स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न
काठमाडौं । रिलायन्स इन्टरनेशनल एकेडेमीले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक भव्य समारोहकाबीच एकेडेमीले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल प्रमुख अतिथिका रुपमा थिए । त्यस्तै, विशेष अतिथिका रुपमा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ रहेका थिए ।
रिलायन्स एजुकेशन नेटवर्कका एवम् कलेजका प्रिन्सिपल रवीन्द्रजंग थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा रिलायन्स एजुकेशन नेटवर्कका संस्थापक निर्देशक एवम् कलेज सहायक प्रिन्सिपल नन्दुप्रसाद कुशुवाहले मन्तव्यमार्फत अतिथि तथा विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।
त्यस्तै, विद्यार्थीहरुको तर्फबाट कक्षा १२ की छात्रा विश्वकला नेपाललले स्वागत मन्तव्य दिएकी थिइन् ।
कार्यक्रमका विशेष अतिथि पंकजविक्रम नेम्वाङले रिलायन्सले शिक्षामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरे । ‘शिक्षा क्षेत्रमा रिलायन्सको पहिचान राम्रो रहेको कुरामा म जानकार छु,’ उनले भने, ‘विश्वमै लोकप्रिय खेल फुटबलको क्षेत्रमा पनि यहाँहरुले गर्दै आउनुभएको सहयोगलाई स्मरण गर्दै भविष्यमा फुटबलको क्षेत्रमा यहाँहरुको लगाब, माया र सहयोग निरन्तर रहोस् ।’
महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी दीपा शाही जस्तो प्रभावशाली खेलाडी जन्माउन सफल भएकोमा नेम्वाङले कलेजलाई धन्यवादसमेत दिए । ‘भविष्यमा रिलायन्सले दीपा शाही जस्तै पुरुष खेलाडी पनि दिनेछ भन्ने विश्वास लिएका छौँ,’ उनले भने ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि हमालले रिलायन्स कलेजले दुई दशकको यात्रामा आफूलाई अब्बल विद्यालयको रुपमा स्थापित गराएको शुभकामना व्यक्त गरे । त्यस्तै, उनले पछिल्लो समय कक्षा १२ अध्ययनपछि विद्यार्थीहरु विदेशीन बाध्य भएको स्मरण गर्दै त्यसलाई रोक्न सबैले हातेमालो गर्नुपर्ने बताए । कार्यक्रममा उनको बायोग्राफीसमेत देखाइएको थियो ।
त्यस्तै, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री मनोज वैद्यले नकारात्मक कुरा छोडेर सकारात्मक कुराहरु अँगाल्दै जीवनको लक्ष्य प्राप्तीका लागि अघि बढ्न विद्यार्थीहरुलाई हौसला प्रदान गरे । त्यस्तै, त्यो तहकाृे शिक्षा दिनका लागि रिलायन्स कलेज सक्षम रहेको समेत बताए ।
कार्यक्रमका सभापति एवम् नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाले नेपालका ७० भन्दा बढी जिल्लाबाट उत्साह, उमंग, जोश र सपना बोकेर रिलायन्स एकेडेमीको २१ औँ व्याचअन्तर्गत कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेका थिए । साथै, २०८० सालमा कक्षा १२ बाट दिक्षित हुने विद्यार्थीलाई बधाईसमेत दिए ।
साथै, थापाले कलेजले हालसम्म प्राप्त गरेको उपलब्धिलाईसमेत कार्यक्रममा बताएका थिए । कार्यक्रममा बोल्दै थापाले भने, ‘शिक्षण संस्था प्रमाणपत्र वितरण गर्ने संस्थामात्र नभएर जीवन रुपान्तरण गर्न सक्नुपर्छ,’ उनले भने, ‘त्यो शिक्षा दिन हामी प्रतिवद्ध छौँ ।’
रिलायन्सले शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थीलाई हरक्षेत्रमा अब्बल बनाउन इसिए र सिसिएलाई सँगसँगै लिएर गएको थापाले बताए । ‘हामीले हाम्रा विद्यार्थीलाई कसरी व्यक्तित्व विकास गराउन सक्छौँ भन्ने कुरा शिक्षण सिकाइमा जोडेका छौँ,’ उनले भने, ‘त्यसैले रिलायन्समा अध्ययन गरेका विद्यार्थीहरु आज नेपालको महिला राष्ट्रिय फुटबल टिममा पर्नुभएको छ । यसैगरी, कला साहित्यका क्षेत्रमा पनि हाम्रा विद्यार्थीहरु अब्बल छन् ।’
२०६० सालमा काठमाडौं उत्तरपूर्वी भेगका शैक्षिक अभियन्ताहरुले शुरु स्थापना गरेको रिलायन्स पछिल्लो समय विद्यार्थीहरुको रोजाईमा पर्दै आएको कलेज हो । जीवनलाई परिणाममूखी बनाउने उद्धेश्यका साथ स्थापना भएको यस कलेजले विद्यार्थीलाई सफल र असल बनाउने प्रयास गरिरहेको उनले बताए ।
दुई दशकको शैक्षिक इतिहास बोकेको यस एकेडेमीका हजारौं विद्यार्थीहरु पेसागत व्यावसायिक र शैक्षिक रुपमा अब्बल साबित बन्दै आएको उनले सुनाए ।
भरपर्दो, विश्वसनीय, स्वतन्त्र सर्वेक्षणबाट रिलायन्स एकेडेमी पटकपटक टपटेन सूचिमा पर्दै आएकोसमेत उनले स्मरण गरे । ‘यसवर्ष पनि एजुकेशन समाचारले गरेको सर्वेक्षणमा देशभरका ८ हजार ८ सय ६ माविमध्ये रिलायन्स एकेडेमी टप ४ मा पर्न सफल भएको थियो,’ उनले भने ।
संस्कार, संस्कृति, सद्भाव, सहअस्तित्व, आदरभाव, आत्मसम्मान रिलायन्सका मौलिक पहिचान बनेको उनको ठम्याइ छ ।
कोभिड महामारीसँगै रिलायन्स एजुकेशन नेटवर्कले नमस्ते संस्कृति र दुई मिनेटको मेडिटेसनलाई स्थापित गरेको कलेजका इसिए तथा सीसीए कोअर्डिनेटर गोविन्द ढकालले बताए । कार्यक्रम सञ्चालक समेत रहेका ढकालले भने, ‘हामी कुनैपनि कक्षा सुरु हुनुभन्दा अघि गरिएको मेडिटेसनले विद्यार्थीलाई एकचित्त र शान्त बनाउने गरेको हामीले विश्वास लिएका छौँ ।’
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रस्तुति दिएका थिए ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया