काठमाडाैं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले प्रवेश परीक्षा स्थगित गरेको छ ।
स्नातक तह (बि.ई/बि.आर्क) प्रवेश परीक्षा कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो।
प्रवेश परीक्षा बोर्डका पदाधिकारीहरूले राजीनामा दिएकोले प्रवेश परीक्षा स्थगित गर्नुपरेको शाखा अधिकृत निरजकुमार वैद्यले बुधबार जारी गरेको सूचनामा उल्लेख छ।

परीक्षा बोर्डका पदाधिकारीहरूले मंगलबार संयुक्त राजीनामा दिएका थिए।
डीनको कार्यालयले असोज १५ गते सूचना निकालेर शैक्षिक वर्ष २०८०/०८१ को स्नातक तहका विभिन्न कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका आगिंक तथा सम्बन्धन प्राप्त कलेजहरूमा पुरानै शुल्कमा विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा मिति तोकेको थियो।
असोज १७ देखि १९ गतेसम्म परीक्षा फारम भर्न समय दिइएको थियो। असोज २२ देखि प्रवेश परीक्षा सञ्चालन गर्ने डीनसमेत रहेका प्रा. डा. शशीधर राम जोशीले निकालेको सूचनामा उल्लेख थियो।
गत भदौमै प्रवेश परीक्षा हुनुपर्ने भए पनि शुल्क विवादका कारण ढिलाइ भइरहेको छ। विद्यार्थी संघसंगठनहरूले शुल्कवृद्धि गर्न नपाइने अडान राखेका छन् भने त्रिविले २०५३ सालदेखि शुल्कवृद्धि नभएकोले वृद्धि गर्नुपर्ने अडान राखिरहेको छ।

ताजा अपडेट
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति : कसको पृष्ठभूमि के ?
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
- चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. देवेन्द्र खत्री नियुक्त
- प्रधानाध्यापक नियुक्तिदेखि हटाउनेसम्मको अधिकार अब स्थानीय तहलाई
- एसईई ग्रेड वृद्धी परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण
- भोलि मंगलबार एसईई ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय










तपाईको प्रतिक्रिया