त्रिविको उपकुलपतिका लागि पुनः दरखास्त आह्वान, अब क–कसले दिन पाउँछन् आवेदन ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि छनोट तथा सिफारिस समितिले पुनः दरखास्त आह्वान गरेको छ । समितिले यसअघि निकालेको दरखास्त आह्वान विवादमा परेपछि त्यसलाई रद्ध गरी पुनः सूचना जारी गरेको हो ।
यसअघि त्रिविले निकालेको सूचनामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको व्यहोरा खुलेको विवरणसहित आवेदन पेस गर्न सूचना निकालेको थियो । उक्त सूचनाले त्रिविभित्रको राजनीतिक भागबण्डालाई प्रशय दिएको भन्दै विभिन्न टिकाटिप्पणीसमेत भएको थियो ।
विवाद सिर्जना भएपछि त्रिविका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले आवेदनको मापदण्ड सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए । सोही अनुसार त्रिविले सोमबार नयाँ सूचना जारी गरेको हो ।
अब नयाँ सूचनाअनुसार योग्यता पुगेका सम्पूर्ण नेपाली नागरिकले त्रिविको उपकुलपतिका लागि दरखास्त दिन सक्नेछन् ।
यस्तो छ त्रिविले पुनः सार्वजनिक गरेको दरखास्त आह्वान

ताजा अपडेट
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)








तपाईको प्रतिक्रिया