एसईई परीक्षा रद्द हुँदा के हुन्छ ? राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले यसो भने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा रद्द गर्न नहुने बताएका छन् । बिहीबार शिक्षा समितिमा शिक्षा विधेयकमाथिको छलफलमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षशर्माले एसईई परीक्षा रद्द गर्न नहुने बताएका हुन् ।
‘विधेयकमा कक्षा १० को परीक्षा हराएको छ । १० को परीक्षा हटाएर राम्रो हुन्छ भन्ने छैन’, उनले भने । जनशक्ति कस्तो बनाउने भन्ने कुरा पाठ्यक्रमले निर्देशन गर्ने, पाठ्यक्रमको कार्यान्वयन शिक्षण सिकाइमा कसरी भइरहेको र प्रभावकारिता अथवा कस्तो भइरहेको छ भन्ने मूल्याङ्कन गर्ने परीक्षा मार्फत हो भएकोले कक्षा १० को परीक्षा हुन जरुरी रहेको उनको भनाइ छ ।
‘परीक्षा नै नभए विद्यार्थी पढ्न पनि पढ्दैनन् । १० कक्षामा फेल भए विद्यार्थी पढ्छन् । परीक्षाको नतिजाको आधारमा सुधार गर्छन्’, उनी भन्छन् ‘तर, १२ कक्षामा फेल भए पढ्दैनन् । त्यसैले बरु प्रदेशिक रूपमा गरौं तर १० कक्षाको परीक्षा रद्द नगरौं ।’ अध्यक्ष शर्माले कक्षा १२ को नतिजा कमजोर देखिरहेको बेला झन् कक्षा ८ पछि १२ मा मात्र परीक्षा लिदा ५० प्रतिशत पनि विद्यार्थी पास नहुने जोखिम रहने बताए ।
जुम्लामा पढ्ने विद्यार्थी र काठमाडौंमा पढ्ने विद्यार्थीको पाठ्यक्रम समान हुने भएकाले विद्यार्थीको शिक्षण सिकाइ स्तर पनि समान बनाउनको लागि राज्यले व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
ताजा अपडेट
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
- प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
- दाङमा शैक्षिक तथा प्रविधिक हब निर्माण प्रक्रिया अगाडि बढ्यो, घोराहीमै कम्प्युटर इन्जिनियरिङ सुरु गरिने
- गण्डकीमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन : सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा








तपाईको प्रतिक्रिया