रिलायन्स पब्लिक स्कुलमा नमुना स्थानीय सभा, विद्यार्थीले चुने मेयर र उपमेयर
काठमाडौं । रिलायन्स पब्लिक स्कुलमा रिलायन्स पब्लिक नमुना स्थानीय सभा–२०८० सम्पन्न भएको छ । गत माघ २४ गतेबाट सुरु गरिएको नमुना स्थानीय सभा मेयर, उपमेयर र सचिव मतदानमार्फत चयन गरेसँगै सम्पन्न भएको हो ।

उक्त निर्वाचन प्रक्रियामा कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरुलाई सहभागि गराइएको थियो । संघीय बहसका लागि युवा नामक संस्थासँगको सहकार्यमा सुरु भएको उक्त कार्यक्रम कार्यक्रम गत माघ २९ गते सम्पन्न भएको हो ।
उक्त प्रक्रियाका लागि माघ २४ र २५ गते एक कार्यशालामार्फत विद्यार्थीहरुलाई राज्यको संरचना, व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाको काम, कर्तव्य र अधिकार क्षेत्र, संघिय शासन व्यवस्था, संविधान, कानुन, लगायत स्थानीय सरकार सञ्चालन प्रक्रियाबारे अवगत गराइएको स्कुलले जानकारी दिएको छ ।

यसैगरी, गत २८ र २९ गते नमुना सभाको आयोजना गरिएको नगर सभामार्फत मेयर, उपमेयर र सचिवको मतदानमार्फत निर्वाचित गराएसँगै विद्यार्थीलाई स्थानीय तहमा हुने कामका बारेमा समेत अवगत गराइएको थियो । जसमा विद्यार्थीहरुलाई नै आर्थिक समिति, विधान समिति, विकास समितिको व्यवस्था गरी नगर सभा सदस्यको रुपमा विभिन्न विधेयक निर्माण आवश्यक संशोधन तथा पास गर्ने जस्ता प्रक्रियाका बारेमा प्रयोगात्मक रुपमै अभ्यास गराइएको थियो ।
नगर सभालाई गत २९ गते नै विविध कार्यक्रमका बिच समापन गरिएको थियो । रिलायन्स शैक्षिक सञ्जालका कार्यकारी अध्यक्ष रविन्द्रजंग थापा सभाध्यक्ष रहेको समापन समारोहमा बागमती प्रदेश सभा सदस्य श्रीराम लामिछाने प्रमुख अतिथिका रुपमा थिए । यसैगरी, रिलायन्स शैक्षिक सञ्जालका कार्यकारी निर्देशक एवम् वरिष्ठ चार्टड अकाउण्टेण्ट राजु शिवाकोटी र बुढानिलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराई लगायत अतिथिका रुपमा उपस्थित थिए ।

कार्यक्रमा रिलायन्स पब्लिक स्कुलका प्रिन्सिपल बसन्तलाल लामिछानेले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । यसैगरी, प्रमुख अतिथि, विशिष्ट अतिथिहरुले विद्यार्थीहरुमा दिगो सिकाइका लागि विद्यालयले गरेको प्रयासको प्रशंसा गरे । कार्यक्रममा विभिन्न विषयगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र तथा मेडलमार्फत सम्मान गरिएको थियो ।

ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया