अब एउटै संस्थाले पीसीएल र स्नातक तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले पीसीएल र स्नातक तहका नर्सिङ कार्यक्रम एकै संस्थामा सञ्चालन गर्न सकिने बाटो खुला गरेको छ । आयोगको शुक्रबार बसको बैठकले एउटै संस्थाबाट पीसीएल र स्नातक तहका नर्र्सिङ कार्यक्रम सञ्चालन गर्न दिने निर्णय गरेको आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले जानकारी दिए ।
नर्सिङ विधाको अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनमा नर्सिङको प्रमाणपत्र तह र स्नातक तहको अध्यापन र प्रयोगात्मक अभ्यास एउटै संस्था÷अस्पतालमा सञ्चालन गर्न सकिने सुझावलाई क्रमश कार्यान्वयनमा लैजाने गरी आयोगले निर्णय गरेको हो ।
तीन वर्षअघिसम्म नेपालका मेडिकल कलेजहरुमा प्रवीणता प्रमाणपत्र तह (पीसीएल) र त्योभन्दा माथिल्लो तह स्नातक र स्नातकोत्तर तहमा समेत नर्सिङ कार्यक्रममा पठनपाठन गर्दै आइरहेका थिए । तर २०७८ मंसिरदेखि चिकित्सा शिक्षा ऐनको दफा ४२ अनुसार पीसीएल कार्यक्रम सञ्चालनमा रोक लगाएको थियो ।
बैठकले सार्कलगायत अन्य देशहरुमा विद्यालय शिक्षा (प्लस टु) पश्चात स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको शिक्षा प्रदान गर्ने अभ्यासलाई लागू गर्न शैक्षिक कार्यक्रमको ढाँचा तयार भएको र त्यसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया