Techie IT
  • शनिबार, वैशाख १५, २०८१ / Saturday, April 27, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारअब एउटै संस्थाले पीसीएल र स्नातक तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने

अब एउटै संस्थाले पीसीएल र स्नातक तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने


काठमाडौं । चिकित्सा शिक्षा आयोगले पीसीएल र स्नातक तहका नर्सिङ कार्यक्रम एकै संस्थामा सञ्चालन गर्न सकिने बाटो खुला गरेको छ । आयोगको शुक्रबार बसको बैठकले एउटै संस्थाबाट पीसीएल र स्नातक तहका नर्र्सिङ कार्यक्रम सञ्चालन गर्न दिने निर्णय गरेको आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले जानकारी दिए ।

नर्सिङ विधाको अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनमा नर्सिङको प्रमाणपत्र तह र स्नातक तहको अध्यापन र प्रयोगात्मक अभ्यास एउटै संस्था÷अस्पतालमा सञ्चालन गर्न सकिने सुझावलाई क्रमश कार्यान्वयनमा लैजाने गरी आयोगले निर्णय गरेको हो ।

तीन वर्षअघिसम्म नेपालका मेडिकल कलेजहरुमा प्रवीणता प्रमाणपत्र तह (पीसीएल) र त्योभन्दा माथिल्लो तह स्नातक र स्नातकोत्तर तहमा समेत नर्सिङ कार्यक्रममा पठनपाठन गर्दै आइरहेका थिए । तर २०७८ मंसिरदेखि चिकित्सा शिक्षा ऐनको दफा ४२ अनुसार पीसीएल कार्यक्रम सञ्चालनमा रोक लगाएको थियो ।

बैठकले सार्कलगायत अन्य देशहरुमा विद्यालय शिक्षा (प्लस टु) पश्चात स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको शिक्षा प्रदान गर्ने अभ्यासलाई लागू गर्न शैक्षिक कार्यक्रमको ढाँचा तयार भएको र त्यसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट