सामुदायिक विद्यालयले भाडामा लगाएका सटरमा महानगरको ताला
काठमाडौं—काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुमा ताला लगाएको छ । महानगरले सामुदायिक विद्यालयले व्यवसायिक प्रयोजनका लागि सटर भाडामा लगाउन नपाउने नीतिअनुसार ताला लगाएको जनाएको छ ।
महानगरपालिकाका मेयर बालेन शाह निर्वाचित भएपछि उनले व्यापक सुधारका कामहरु गर्दै आएका छन् । सामुदायिक विद्यालयका सटरहरु भाडामा लगाएर पैसा कमाउने कदम विरुद्ध एक्सनमा उत्रिएपछि उनको थप चर्चा चुलिएको छ ।
महानगरको शिक्षा विभाग र महानगर प्रहरीले टोलीले आइतबार ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएरका सटरहरु बन्द गराएको हो । सोमबार नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयसहित भाडामा लगाएका सटरमा ताला लगाएको हो ।
महानगरभित्रका ३७ वटा सामुदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द गर्ने बालेन टोली एक्सनमा छ । भाडामा लगाएका सामुदायिक विद्यालयका ठाउँहरुलाई अध्यापन र अन्य क्रियाकलापमा प्रयोग गरिनेछ ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया