कहिले आउला एसईईको नतिजा ? यसो भन्छन् बोर्डका परीक्षा नियन्त्रक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड(कक्षा १०) ले एसईई को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । बोर्डले आगामी शुक्रबारसम्म नतिजा प्रकाशन गर्ने गरी तयारी गरिरहेको परीक्षा नियन्त्रक नन्ददाल पौडेलले एजुकेशन समाचारलाई जानकारी दिए ।
यतिबेला नम्बर इन्ट्री र रुजुको काम भइरहेको पाडेलले बताए । ‘हामी शुक्रबारसम्म जसरी पनि नतिजा सार्वजनिक गर्ने तयारीमा छौँ,’ उनले भने, ‘अहिले माक्र्स इन्ट्री र रुजू गर्ने काम भइरहेको छ अब प्रोसेसिङ । बोर्डबाट स्वीकृत गरेपछि नतिजा प्रकाशन गर्छौँ ।’
एनजी लागू होला कि नहोला ?
एसईई परीक्षाको नतिजामा नन ग्रेडिङ (एनजी) लागू गर्ने कुरा विगतका वर्षहरुदेखि उठ्दै आएपछि बोर्डले यसलाई कार्यान्वयन भने गर्न सकेको छैन । यसपालीको नतिजामा एनजी लागू हुन्छ कि हुँदैन भन्ने एजुकेशन समाचारको प्रश्नमा पौडेल भन्छन्, ‘आजका दिनसम्म बोर्ड एनजी लागू गर्ने कुराबाट पछि हटेको छैन ।’
बढी विद्यार्थी अनुत्तीर्ण हुने हुँदा अनुत्तीर्ण दर बढ्ने भन्दै यसपाली पनि पुरानै पद्धतिबाट नतिजा सार्वजनिक हुने कुराहरु बाहिरिहेको अवस्थामा नियन्त्रक पौडेले भने यसपाली एनजी जसरी पनि लागू हुने दाबी गर्छन् । ‘बजारमा त विभिन्न कुराहरु आएका छन् तर यसपाली हामी नतिजा जस्तो हो त्यस्तै सार्वजनिक गर्छौँ,’ उनले भने, ‘यसपालीको नतिजाले नेपालको शिक्षाको यथार्थ चित्र सार्वजनिक हुन्छ ।’
ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया