शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
काठमाडौं । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुनिल कुमार जोशी र रजिष्ट्रार पदमा डा. खेमराज जोशी नियुक्त भएका छन् । मंगलबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनको अध्यक्षतामा बसेको सिनेट बैठकले उनीहरुलाई नियुक्त गरेको सिनेट सदस्य विरेन्द्र भट्टले जानकारी दिए ।
उपकुलपतिमा नियुक्त जोशी काठमाडौं मेडिकल कलेजका कम्युनिटी मेडिसिनका प्राध्यापक हुन् । साथै, विभिन्न विश्वविद्यालयहरुमा भिजिटिङ प्रोफेसरका रुपमा समेत काम गर्दै आएका छन् । यसका अलावा डा. जोशीसँग लामो अनुसन्धानको अनुभव समेत छ । उनका अनुसन्धान पत्रहरु विभिन्न जर्नलहरुमा प्रकाशित छन् ।
उपकुलपति एवं रजिष्ट्रार छनोट तथा सिफारिस समितिले उपकुपतिका लागि तीन पटक आवेदन खुला गरेको थियो । कात्तिक १६ र ३० गते दरखास्त आह्वान गर्दा दरखास्त नपरेपछि समितिले २८ मंसिरभित्र आवेदन पेस गर्न २३ मंसिरमा ५ दिनको म्याद दिएर तेस्रो पटक सूचना जारी गरेको थियो । शिक्षामन्त्री महावीर पुनले समेत उपकुलपति बन्न चाहने व्यक्ति सम्पर्कमा आउन सामाजिक सञ्जालबाट आह्वान गरेका थिए । तेस्रो पटक आह्वान गर्दा उपकुलपतिमा २ जनाको दरखास्त परेको सिफारिस समितिका एक सदस्यले जानकारी दिए ।
त्यस्तै, रजिष्ट्रारका लागि भने १० जनाको आवेदन परेको थियो । संघीय संसद् बाट पारित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, ४ असार २०८२ मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए। त्यसपछि उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारी नियुक्तिको प्रक्रिया थालिएको थियो।
आगामी दिनमा विश्वविद्यालयसम्बन्धी बैठकहरू गेटास्थित विश्वविद्यालय परिसरमै सञ्चालन गरिने सिनेट सदस्य भट्टले जानकारी दिए । १समयमै नयाँ नेतृत्वलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरिनेछ,’ उनले भने, ‘३०० शय्याको अस्पताल सञ्चालन सँगै एमबीबीएस अध्ययन कार्यक्रम पनि चाँडै सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्दछु।’
ताजा अपडेट
- २ दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
- निजी विद्यालयले जथाभावी शुल्क लिन नपाउनेः के-के शिर्षकमा लिन पाउँछन् ?
- शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
- आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
- अरूको नाममा एसईई दिने नक्कली परीक्षार्थी मकवानपुरमा पक्राउ
- कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजासहित चिरायु एकेडेमी शंखरापुर नगरपालिकामै प्रथम
- आजबाट एसईई परीक्षा सुरु
- एसईई उत्तरपुस्तिका परीक्षणको नयाँ व्यवस्था: तीन दिनभित्र जाँचिसक्नुपर्ने, लापरवाही गरे कारबाही हुने
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया