हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)को नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा युवाराज शर्मा निर्वाचित भएका छन् । शर्माले लोकबहादुर भण्डारीलाई पराजित गर्दै हिसानको अध्यक्षमा निर्वाचित भएका हुन् । शर्माले १६० मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी हुँदा भण्डारीले १०६ मत प्राप्त गरेका थिए ।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा टंकराज आचार्य र डा. स्वागत श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा रामहरी सिलवाल निर्वाचित भएका छन् । । सिलवालले १४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जयराम खनालले ११८ मत प्राप्त गरेका थिए ।
शुक्रबारबाट सुरु भएको हिसानको महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो । पदाधिकारीका लागि मतदान भएपनि ५९ जना केन्द्रीय सदस्य भने निर्विरोध निर्वाचित भएका थिए ।
उपाध्यक्ष पदका १३ मध्ये ११ जना सर्वसम्मत (निर्विरोध) निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित उपाध्यक्षहरूमा आर.वि. अधिकारी, ऋषी तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्र बहादुर अधिकारी, मुकुन्द घिमिरे, राजेन्द्र अधिकारी, विरेन्द्र जयना श्रेष्ठ, विष्णुराज पौडेल, सुमन गोपाल आचार्य र हरिचन्द्र लामिछाने रहेका छन् ।
सचिवमा, कृष्ण प्रसाद पौडेल १४३, जीवन लामा गोले १६७, पारश श्रेष्ठ १४५, भवानी प्रसाद पौडेल २१९, यम बहादुर रोका १४५, राजेश कार्की १४३, बलराम पन्त १५५ मत सहित विजयी भएका छन् । कोषाध्यक्षमा शिव प्रसाद अधिकारि निर्विरोध निर्वाचित भएका छन् । यस्तै सह–कोषाध्यक्षमा शंकर भट्टराई निर्वाचित भएका छन् ।
यस्तै, खुला सदस्यमा केपि पन्त, केशव प्रसाद दंगाल, दिवाकर जैसि, हरीकृष्ण अर्याल, आजिवन सदस्यमा शिव प्रसाद सुवेदी, कोशी प्रदेश (३ जना) केशव खड्का, गुणराज अधिकारी, सागर प्रसाद भट्टराइ, मधेश प्रदेश (३ जना) मा मुकेश प्रसाद गुप्ता, वावुसाहेव यादव, लुम्बिनी प्रदेश (३ जना)ः उत्तमराज घिमिरे, गणेश भण्डारी, दिनेश भुषाल, कर्णाली प्रदेश (१ जना)ः प्रेम वहादुर दसुनी, सुदूरपश्चिम प्रदेश (१ जना)ः डा. भोजराज पन्त निर्विरोध निर्वाचित भएका छन् ।
ताजा अपडेट
- एसइईपछि नतिजा पर्खिरहेका विद्यार्थीका लागि ‘इन्स्पायर सिरिज’ सुरु गर्दै मन्त्रालय
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन
- रिलायन्सद्वारा छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता घोषणा, नगदसहित छात्रवृत्तिको अवसर
- जहाँ शिक्षकको अभाव छ, त्यहीँ आशा बनेर पुग्छन् ‘साथी शिक्षक’ !
- २ दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
- निजी विद्यालयले जथाभावी शुल्क लिन नपाउनेः के-के शिर्षकमा लिन पाउँछन् ?
- शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
- आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया