विद्यार्थी मूल्यांकन प्रकृया तथा अभिलेखिकरण सम्वन्धि कार्यशाला सम्पन्न

काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु स्थित शितला माध्यमिक विद्यालयले २०७९ चैत्र १९ गते आइतवार विद्यालय तहको नयाँ पाठ्यक्रममा आधारित आधारभूत तहमा सिकाई मूल्यांकन प्रकृया तथा अभिलेखिकरण सम्वन्धि एकदिने कार्यशाला सम्पन्न गरेको छ । सो कार्यशालामा कक्षा १ देखि ३ सम्मको थिममा आधारित मुल्यांकन देखि कक्षा ४ देखि ८ सम्मको र माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मको आन्तरिक मुल्यांकनका सवालमा समेत प्रयोगात्मक अभ्यास गरिएको थियो ।
काठमाडौं महानगरपालिका तरुण मा.वि. स्रोतकेन्द्रका स्रोतव्यक्ति लोकनाथ गुराँगाईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त तालिममा स्रोतकेन्द्र समूह विद्यालयका शिक्षकरु तथा आयोजक शितला माध्यमिक विद्यालयका शिक्षकहरु गरी ३९ जनाको सहभागिता रहेको थियो ।
विद्यालयले आयोजना गरेको सो कार्यक्रममा प्रविधि मैत्री शिक्षक समाज सिन्धुपाल्चोकका अध्यक्ष श्री कृष्णप्रसाद ढुङ्गाना तथा समितिका सचिव इन्द्रकुमार तामाङले सहजिकरण गरेका थिए ।
दिनभरको ३ सेशनमा संचालन भएको उक्त कार्यक्रममा कक्षा १ देखि कक्षा १२ सम्मको थिममा आधारित मुल्यांकन लगायत आन्तरिक मुल्यांकन कसरी गर्ने भन्ने वारेमा छलफल तथा अभ्यास गरिएको थियो ।
सो कार्यशालामा सैद्धान्तिक तथा व्यवहारिक प्रयोगका वारेमा समूहगत तथा व्यक्तिगत कार्य गरि प्रस्तुतिकरण तथा प्रश्नोत्तर कार्यक्रमसमेत तालिम शेसनमा गरिएको थियो ।
सो कार्यशालामा सहभागिहरुले पाठगत तथाइकाइगत रुपमा मूल्यांकन गर्ने, मुल्यांकनलाई औसतमा लाने प्राप्त मुल्यांकनलाई अभिलेखिकरण गरी नतिजामा समावेश गर्ने सवालमा देखिएका समस्या तथा व्यवहारिक प्रयोगका वारेमा अभ्यास गरिएको थियो ।
कार्यक्रममा सिद्धिगणेश मा.वि.का शिक्षक रमा अम्गाई अधिकारीले समापन सत्रमा सहभागिको तर्फबाट मन्तव्य राख्दै शितला मा.वि. ले कार्यक्रमको आयोजना गरि सहभागि भई सिक्ने मौका दिएकोमा धन्यवाद दिएकी थिइन् ।
विद्यालयका परीक्षा विभागका प्रमुख सिताराम अधिकारीले पाठगत मुल्यांकन र आन्तरिक मुल्यांकनमा अन्योलता रहेको अवस्थामा यसले मुल्यांकनका साधनको प्रयोग, सो को अभिलेखिकरण र नतिजा तयारी तथा प्रकासन र विश्लेषणमा यो कार्यक्रम फलदायी भएको बताए ।
आयोजक विद्यालयका शिक्षक लेखनाथ निरौलाले यो कार्यशालाले धेरै कुराहरु सिकाएको र सिक्नका लागि उत्प्रेरणा दिएकोले विद्यालयका प्र.अ. लक्ष्मण श्रेष्ठ तथा सहजकर्ता कृष्ण प्रसाद ढुंगाना तथा इन्द्रकुमार तामाङलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै यस्तो कार्यक्रमले शैक्षिक सत्र २०८० मा विशेष तयारीका साथ कक्षामा प्रवेश गर्न र सिकाइको नियम संगत मुल्यांकन गर्न सहज हुने बताए ।
कार्यक्रममा शिक्षक देवु पौडेल शर्माले पाठ्यक्रमले निर्दिष्ट गरेको विधीको परिपालना गरि समय सँगै चल्न र परिवर्तनलाई आत्मसाथ गर्न यो कार्यशाला धेरै उपयोगी भएको बताए ।
सहजकर्ता इन्द्रकुममार तामाङले सिक्न जाँगर भए, कसैले रोक्न नसक्ने भएकाले सिक्न सदैव तत्परता आजको आवश्यकता भएको बताए । उनले सिकाइमा प्राप्त ज्ञान, सीप र अवधारणालाई दुरदराजबाट आएर उपत्यकामा विचार आदानप्रदान गर्न पाएकोमा आयोजक विद्यालयलाई धन्यवाद दिए ।
सहजकर्ता कृष्ण ढुंगानाले सुचना संचार तथा समय सापेक्ष प्रविधीको प्रयोगले विद्यार्थीमा सिकाई दिगो बनाउने, सिकाइका विषयहरुलाई मापन गर्न सकिने भएकोले समयको लगानी र अनवरत तथा अथक प्रयास आवश्यक भएको बताउँदै शितला मा.वि.का शिक्षकहरुको प्रयास र कोशिस सम्मान गर्न र सम्झन योग्य भएको बताए ।
स्रोतकेन्द्र विद्यालयका स्रोतव्यक्ति लोकनाथ गुँरागाँईले शितला मा.वि.ले परीक्षा पछिको खाली समयमा यस अघि विद्यालयका शिक्षकहरुको लागि एक हप्ताको आधारभुत कम्प्युटर तालिम दिएको र यो तालिममा स्रोतकेन्द्र समूह विद्यालयका शिक्षक प्रतिनिधीहरुलाई समेत समावेश गरेकोमा अत्यन्त खुसी भएको बताए । उनले शितला स्कुलले आगामि शैक्षिकसत्रको लागि तयारीका कार्यहरु यसै शैक्षिकसत्रबाट गरेकोमा बधाइ र शुभकामना व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले समयको लगानी र सीपको आर्जनले शिक्षक कर्मचारीहरु चुस्त, तन्दुरुस्त र समय सापेक्ष चल्न, क्षमता विकास गर्न, पाठ्यक्रमले तोके बमोजिम मुल्यांकन गरी अभिलेख राख्न यो कार्यक्रम आयोजना गरिएको र सो कार्यमा प्रगतिपथमा लम्केकोमा शितला परिवारलाई धन्यवाद र शुभकामना दिए ।
ताजा अपडेट
- प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
- राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त, नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री
- लाहुरेको रेलिमाईलाई दुई लाख रुपैयाँको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता नगरी ‘ओए’ कार्यक्रम नै बन्द गर्ने निर्णयमा तिलगंगा
- इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- बजेटमा शिक्षाः २ खर्ब ११ अर्ब १७ करोड बजेट, यस्ता छन् शिक्षाका कार्यक्रम (पूर्णपाठसहित)
- शिक्षा मन्त्रालयको बजेट २ खर्ब ११ अर्ब १७ करोड
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
तपाईको प्रतिक्रिया