Techie IT
  • शुक्रबार, असार २७, २०८२ / Saturday, July 12, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचारविश्वविद्यालय अनुदान आयोगद्वारा उत्कृष्ट कलेज छनोटका लागि आवेदन माग

विश्वविद्यालय अनुदान आयोगद्वारा उत्कृष्ट कलेज छनोटका लागि आवेदन माग


काठमाडौँ । उत्कृष्ट क्याम्पस छनोटका लागि विश्वविद्यालय अनुदान आयोगले आवेदन मागेको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी निर्देशिका, २०७७’ मा भएको व्यवस्थाअनुसार आवेदन माग गरेको हो ।

भदौ १६ गतृेभित्र तोकिएको प्रक्रिया, मापदण्ड र ढाँचासहित आवेदन दिनुपर्ने आयोगको सूचनामा उल्लेख छ । आयोगले विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका आङ्गिक क्याम्पसका साथै सामुदायिक र निजी (प्राइभेट) क्याम्पसका लागि उक्त आवेदन माग गरेको हो ।

आयोगले आङ्गिक, सम्बन्धनप्राप्त सामुदायिक र सम्बन्धनप्राप्त निजी गरी ३ वटा क्याम्पसलाई उत्कृष्ट क्याम्पसको पुरस्कार प्रदान गर्नेछ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको