अब शिक्षकले मासिक रुपमा तलब पाउने, केन्द्रले सबै स्थानीय तहलाई दियो यस्तो निर्देशन !
काठमाडौं– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकलाई मासिक रुपमा तलबभत्ता उपलब्ध गराउन सबै स्थानीय तहलाई अनुरोध गरेको छ । केन्द्रको बुधबार बसेको बैठकले चालु आर्थिक वर्ष २०८१/०२ को स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिको खण्ड २ को बुँदा ५ मा उल्लेख भएको प्राबधानलाई कार्यान्वयनमा लैजाने निर्णय गर्दै स्थानीय तहलाई अनुरोध गरेको केन्द्रकी शाखा अधिकृत मुक्तादेवी पोखरेलले जानकारी दिइन् ।
आ.व. २०८१/०८२ को स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिको खण्ड २ स्थानीय तहबाट सम्पादन हुने सशर्त अनुदानका सबै बजेट उपशिर्षकहरुको कार्यक्रम कार्यान्वयन प्रक्रिया एवम् मापदण्डको शिक्षकको तलबभत्ता अन्तर्गत बुँदा नम्बर ५ मा विद्यालयले शिक्षक र कर्मचारीको तलब भत्ता बैंकिङमार्फत भुक्तानी हुने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । त्यस्तै, उक्त बुँदामा विद्यालयले त्रैमासिकको पहिलो महिनामा तीन महिनाका लागि नियमानुसार आवश्यक तलब भत्ता स्थानीय तहमा माग गर्ने र सोका आधारमा स्थानीय तहले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिकरुपमा तलबभत्ता भुक्तानी हुने व्यवस्था मिलाउने उल्लेख छ ।
उक्त प्रावधानलाई प्रभावकारी कार्यान्वयन गर्न सबैलाई अनुरोध गरिएको पोखरेलले जानकारी दिइन् । त्यस्तै, यस कार्यमा आवश्यक समन्वय सहजीकरणका साथै सो कार्यको नियमित अनुगमन गरी केन्द्रमा प्रतिवेदन पेश गर्न सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई केन्द्रले निर्देशनसमेत दिएको छ ।

ताजा अपडेट
- युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
- स्नातक अध्ययनका लागि २ जनालाई ५ लाख ५० हजार छात्रवृत्ति दिने ‘हेल्प’को घोषणा
- शिक्षा मन्त्रालयद्वारा उपकुलपति र रजिष्ट्रारका लागि आवेदन खुला
- आफ्नै भवनमा सर्यो शिक्षा मन्त्रालय, मन्त्री पुनको बसोबास पनि सिंहदरबारमै
- उद्घाटन र शिलान्यासजस्ता औपचारिक कार्यक्रममा नबोलाउन शिक्षामन्त्रीको आग्रह
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया