७५ हजार विद्यार्थीले दिँदै एसईईको पुनः परीक्षा
काठमाडौं । यसवर्ष ७५ हजार विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुनः परीक्षामा सहभागी भएका छन् । गत वर्षबाट राष्ट्रिय परीक्षा बोर्डले न्यूनतम ३५ प्रतिशत भन्दा कम प्राप्ताङ्क ल्याउने अनुत्तीर्ण हुने व्यवस्था लागु गरेसँगै आजबाट सुरु भएको परीक्षामा देशभरबाट ७५ हजार विद्यार्थी पुनः परीक्षामा सहभागी भएका हुन् ।
लेटर ग्रेडिङ भनिने उक्त प्रणाली लागु भएपछि त्यसअघिका वर्षहरूमा जस्तो परीक्षा दिएका सबैले प्रमाणपत्र पाउने प्रचलन अन्त्य भएको थियो।
वि.सं २०७८ मै बनेको नयाँ निर्देशिकाअनुसार परीक्षाफल प्रकाशित गर्दा करिब ९० हजार विद्यार्थीहरू गत वर्ष अनुत्तीर्ण भएका थिए।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले त्यसमध्ये करिब ७५ हजारले यो पटक पुनः एसईई दिन आवेदन दिएको जानकारी दिए।
यसअघिको परीक्षामा उत्तीर्ण हुन आवश्यक ग्रेड नल्याएका विद्यार्थी पनि थपिएका कारण यो पटक एसईई दिने विद्यार्थीहरूको सङ्ख्या अघिल्लो वर्षभन्दा बढी देखिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया