काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
काठमाडौं – काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ । महानगरले बुधबार एक सूचना जारी गर्दै कक्षा ११ र १२ अध्ययनका लागि परीक्षा प्रणालीबाट दिइने छात्रवृत्तिका लागि अनलाइन आवेदन माग गरेको हो ।
महानगरले विगत केही वर्षयता परीक्षाप्रणालीमार्फत छात्रवृत्ति प्रदान गर्दै आएको छ । महानगर शिक्षा विभागका अनुसार महानगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुले कुल विद्यार्थी भर्ना भएका मध्ये १० प्रतिशतलाई निःशुल्क छात्रवृत्तिमा अध्ययन गराउनुपर्ने छ । त्यसैका लागि महानगरले आवेदन माग गरेको हो ।
विद्यार्थीहरुले असार २७ गतेसम्म महानगरको वेवसाइटमार्फत अनलाइन आवेदन सक्नेछन् । आवेदनका लागि कुनै दस्तुर तिर्नु नपर्ने शिक्षा विभागले जनाएको छ । परीक्षा भने् साउन ३ गते हुने महानगरको सूचनामा उल्लेख छ । जसका लागि विद्यार्थीले असार ३० गते नै प्रवेश पत्र संकलन गर्न सक्छन् ।
कस्ता विद्यार्थीले दिन सक्छन् आवेदन ?
महानगरका अनुसार महानगरको छात्रवृत्तिमा आवेदन दिनका लागि एसईईमा न्युनतम १.६ जीपीए ल्याएको हुनुपर्दछ । त्यस्तै, सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई उत्तीर्ण गरेका विद्यार्थीले मात्र फारम भर्न सक्नेछन् । यदि काठमाडौं महानगरपालिका स्थायी बासिन्दाको हकमा भने जन्मदर्ता वा नागरिकता वा बसाईसराईको प्रमाणपत्र आवश्यक पर्दछ ।
त्यस्तै, ल्याण्डफिल्ड साइडबाट प्रत्यक्ष प्रभावित क्षेत्र नुवाकोट जिल्ला ककनी गाउँपालिकाको वडा नं १,२,३ र धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नम्बर १,३,४ का स्थायी बासिन्दा (नागरिकता वा जन्मदर्ता) र सम्बन्धित वडाको सिफारिसपत्रका आधारमा आवेदन दिन सक्नेछन् ।
त्यस्तै, संस्थागत विद्यालयमा कक्षा १० सम्म छात्रवृत्तिमा अध्ययन गरेको विद्यार्थीले पनि महानगरको छात्रवृत्तिका लागि फारम भर्न सक्छन् ।

ताजा अपडेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया