अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकमाथि त्रिविको डण्डा, झण्डै २ अर्ब निवृत्तिभरण कोषमा जम्मा हुँदै
काठमाडौं – अध्ययन बिदालाई दुरुपयोग गर्ने प्राध्यापक तथा कर्मचारीहरुलाई त्रिभुवन विश्वविद्यालय (त्रिविले डण्डा चलाएको छ । त्रिविले विदाको दुरुपयोग गर्ने शिक्षक तथा कर्मचारीबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने भएको छ ।
अध्ययन बिदाको दुरुपयोग गर्ने कर्मचारीहरुबाट झण्डै २ अर्बको हाराहारीमा रकम उठ्ने त्रिविको अनुमान छ । त्रिविले आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने जनाएको छ । त्रिवि मातहतका विभिन्न निकायबाट उच्च शिक्षा अध्ययन बिदा उपयोग गरी विश्वविद्यालयमा नफर्केका, बिदा उपयोग गरी तोकिएको उपाधि हासिल नगरेका शिक्षक तथा कर्मचारीबाट असुल उपर हुने रकम निवृत्तिभरण कोष वृद्धिको स्रोतका रूपमा राखिएको त्रिविका रजिस्ट्रार केदारप्रसाद रिजालले जानकारी दिए ।
झण्डै ४ सय प्राध्यापकहरुले अध्ययन बिदाका नाममा दूरुपयोग गरेपनि त्रिविले यस्तो निर्णय गरेको हो । ‘अध्ययन बिदा लिएर विदेश जाने र उतै लुक्ने, कोहीले अध्ययन नै पूरा नगरी फर्किने गरेको पाइएपछि त्रिविले छानबिन समिति बनाएको थियो,’ उनले भने ।
‘अध्ययन बिदा दुरुपयोग गरी सम्पर्कमा नआएका वा लक्षित डिग्री हासिल नगरेका व्यक्तिको छानबिन तथा खोजी गर्न गठित समितीको प्रतिवेदन अनुसार कार्यान्वयन सुरु भइसकेको छ । यसबाट विश्वविद्यालयमा आर्थिक अनुशासन कायम हुनुका साथै आर्थिक स्रोत समेत बढ्न जानेछ,’ रजिस्ट्रार रिजालले भने ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया