छोरीलाई पास गराउन उत्तरपुस्तिका साट्ने उपप्राध्यापक दत्त निलम्बित
काठमाडौं । आफ्नी छोरीलाई उत्तिर्ण गराउन उत्तरपुस्तिका नै साटफेर गरेको आरोपमा उपप्राध्यापक राजन दत्तलाई त्रिभुवन विश्वविद्यालयले निलम्बन गरेको छ । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका अंग्रेजी विषयका उपप्राध्यापक दत्तलाई त्रिभुवन विश्वविद्यालयले निलम्बन गरेको हो ।
मानविकी संकायको स्नातक तह पहिलो वर्षको अंग्रेजी विषयको परीक्षामा संकायकै अब्बल मानिएकी सन्ध्या कायस्थको थप उत्तरपुस्तिका दत्तले ६०००३०००९ सिम्बल नम्बर भएकी छोरी आस्थाको उत्तरपुस्तिकामा गाभिदिएका थिए ।
यसरी छोरीलाई उत्तीर्ण गराएको पाइएपछि परीक्षा नियन्त्रण कार्यालयको सिफारिसमा उनलाई विश्वविद्यालयले निलम्बन गरेको हो । उनीमाथि यतिबेला विश्वविद्यालयको अनुगमन समिति । अख्तियारले छानबिन गरिरहेको छ ।
ताजा अपडेट
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान








तपाईको प्रतिक्रिया