महानगरले छात्रवृत्तिको अन्तिम मनोनयनका लागि पुनः माग्यो आवेदन, कुन कलेजमा कति सीट बाँकी ?
काठमाडौं । काठमाडौं महानगरगालिकाले कक्षा ११ र १२को छात्रवृत्ति परीक्षाका लागि पुनः आवेदन माग गरेको छ । महानगरले पहिलो र दोस्रो सूचीमा नपरेका विद्यार्थीहरुलाई १८ साउनभित्र पुनः आवेदन माग गरेको हो ।
महानगरले संस्थागत विद्यालयहरुमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी छनोट गर्नका लागि साउन ४ गते परीक्षा सञ्चालन गरेको थियो । सोही आधारमा साउन ६ गते पहिलो सूची सार्वजनिक गरेको थियो । त्यस्तै, साउन १३ गते महानगरले दोस्रो सूची सार्वजनिक गरेको थियो ।
अब बाँकी रहेको सीट संख्याका लागि महानगरले र्याप अप गर्नका लागि आवेदन माग गरेको हो । ‘र्यापअप गर्नका लागि पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका, शिक्षण संस्थामा समस्या भई विभागमा निवेदन दिएका र अन्तिम मनोनयनमा समावेश हुन चाहेका विद्यार्थीहरुले अनलाइन आवेदन दिन सक्नेछन्,’ महानगरले भनेको छ ।
महानगरका अनुसार अब २५४ वटा सीटमा विद्यार्थी भर्ना हुन बाँकी छन् ।
कुन कलेजमा कति सीट बाँकी :
ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया