Techie IT
  • बिहीबार, असोज २९, २०८३ / Thursday, October 15, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ बोर्डद्वारा कक्षा १२ को मौका परीक्षाको तालिका सार्वजनिक

बोर्डद्वारा कक्षा १२ को मौका परीक्षाको तालिका सार्वजनिक


काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले भदौ २८ र २९ गते सञ्चालित हुने कक्षा १२ को मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।

बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले आज एक सूचना जारी गर्दै परीक्षा तालिका र आवेदन प्रक्रियाबारे जानकारी दिएको छ।

सूचनाअनुसार परीक्षा २०८२ साल भदौ २८ र २९ गते सञ्चालन हुनेछ। परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म चल्नेछ । \

बोर्डले हिजो (सोमबार) कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो । कक्षा १२ को परीक्षामा नियमिततर्फका ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । त्यस्तै, ३८.८३ प्रतिशत (१ लाख ५३ हजार ८८२) जना विद्यार्थी अनुतीर्ण (नन्ग्रेडेड) भएका छन् । २१ देखि २९वैशाखसम्म सञ्चालित परीक्षामा नियमित र आंशिक गरी पाँच लाख १० हजार ९८७ परीक्षार्थी सहभागी थिए ।

नियमिततर्फ तीन लाख ९६ हजार ३४७ हजार विद्यार्थी सहभागी भएकोमा दुई लाख ४२ हजार ४६५ विद्यार्थी (६१.१७ प्रतिशत) उत्तीर्ण भएका हुन् । यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकोमा ४१ हजार ८४० (३६.४९ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । यद्यपि, गत वर्षभन्दा ९ प्रतिशतले नतिजा बढेको छ । गत वर्ष ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको