भदौ दोस्रो साताबाट आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
काठमाडौं । नेपाल शिक्षक महासंघले भदौ दोस्रो हप्ताबाट पुनः आन्दोलन गर्ने भएको छ । आज बसेको महासंघको बैठकले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको हो ।
साथै, महासंघले राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक भदौ ३ र ४ गतेका लागि बोलाएको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए । उनका अनुसार सरकारले सहमति कार्यान्वयन नगरेको भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
उनले भने, ‘आन्दोलनको कार्यक्रम आन्दोलन परिचाल समितिले खाका तयार गर्छ। र राष्ट्रिय समितिले पारित गरेपछि दोस्रो साताको सुरुबाटै गर्नेगरी सार्वजनिक गर्छौँ ।
सुवेदीका अनुसार शिक्षा विधेयक पारित गर्न अविलम्ब गरे र शिक्षक महासंघसँग विगतमा भएका सहमतिलाई लत्याउने काम भएको खण्डमा महासंघ आन्दोलनमा जाने निर्णय भएको हो ।
भदौ ३ र ४ गते महासंघको बैठकले आन्दोलनको मोडालिटी तयार गर्ने उनले बताए ।
साथै यसबिचमा महासंघको आन्दोलन परिचालन समितिले आन्दोलनका विभिन्न ऐजन्डा प्रस्ताव गर्ने उपयुक्त प्रस्ताव अनुसार राष्ट्रिय समितिले आन्दोलनको मोडालिटी तय गर्नेछ ।
शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित यसअघि नै शिक्षक महासंघको अगुवाइमा शिक्षकहरुले लामो आन्दोलन गरे । तर सरकारले शिक्षा ऐन जारी गर्ने सहमतिसहित शिक्षकहरुले आन्दोलन रोकेका थिए । तर विधेयक पारित गर्न ढिलाइ भएपछि पुनः आन्दोलन गर्ने भएका हुन् ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया