समाचार
खोटाङका तत्कालीन तीन जिल्ला शिक्षा अधिकारी विरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालीन तीन जना जिल्ला शिक्षा अधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार अख्तियार सार्वजनिक सम्पत्ति हानी नोक्सानी पु¥याएको भन्दैं तत्कालीन तीन जिल्ला शिक्षा अधिकारीसहित १३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
अख्तियारले तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेशप्रसाद भट्टराई, केशवप्रसाद दाहाल र ज्ञानमणि नेपाल विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको हो । यसैगरी, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जनाविरूद्ध पनि भ्रष्टाचारको आरोपमा अख्तियारमा विशेषमा मुद्धा दायर गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिका—४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय, बडहरेको विद्यालय भवन निर्माण गर्दा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा डीपीसी मात्र तयार गरी रकम हिनामिना गरेको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
उक्त भवन निर्माणमा मिलेमतो गरेको भन्दैं अख्तियारले जिल्ला शिक्षा अधिकारी डा. भट्टराईसँग १० लाख रुपैयाँ, दाहाल र नेपालसँग १४/१४ लाख रुपैयाँ, तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठसँग २४ लाख रुपैयाँ र तत्कालीन सब—इन्जिनियर शिवराज राईसँग २४ लाख रुपैयाँ बिगो माग गरेको छ । यस्तै, प्राध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, लेखापाललाई अख्तियारले धरौटी माग गरेको छ ।

ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया