रिलायन्स पब्लिक स्कुलद्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई विदाइ तथा सम्मान
४ जीपीए ल्याउने तीन विद्यार्थी नगदसहित सम्मानित
काठमाडौं । रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गतको रिलायन्स पब्लिक स्कुलले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा विदाइ गरेको छ । चाबहिलस्थित स्मार्ट प्यालेसमा आयोजित ‘एसइई ग्राजुएट्स फेलिसिटेसन एन्ड फेयरवेल प्रोग्राम–२०८३’ मार्फत विद्यार्थीहरुलाई शुभकामना, सम्मान तथा विदाइ गरिएको हो ।
कार्यक्रममा एसइईमा ४ जीपीए हासिल गर्ने तीन विद्यार्थी भावना बस्नेत, भाषिका शर्मा र अग्रीम गुरागाईंलाई जनही १० हजार रुपैयाँ नगदसहित विशेष सम्मान गरिएको थियो । अन्य उत्तीर्ण विद्यार्थीहरुलाई टिकासहित ग्राजुएसन ह्याट, मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल बसन्तलाल लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको उत्कृष्ट नतिजा विद्यार्थी, अभिभावक, शिक्षक तथा व्यवस्थापनबीचको संयुक्त प्रयासको प्रतिफल भएको बताए । उनले रिलायन्सले केवल शैक्षिक उपलब्धिमात्र नभई संस्कारसहितको शिक्षालाई पनि प्राथमिकता दिँदै आएको उल्लेख गरे ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार, लेखक तथा विश्लेषक पुरुषोत्तम दाहालले शिक्षाले मात्र पूर्ण परिचय स्थापित नहुने भन्दै विद्यार्थीहरुले आफ्नो अन्तरनिहित प्रतिभा र क्षमता पहिचान गरी त्यसलाई उजागर गर्नुपर्नेमा जोड दिए । उनले रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गतका विद्यालयहरुले हरेक वर्ष गुणस्तरीय र संस्कारयुक्त शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गरिरहेको उल्लेख गरे ।
नेटवर्कका बोर्ड अफ डाइरेक्टर तथा विशेष अतिथि राजुकुमार शिवाकोटीले रिलायन्समा अध्ययन गर्ने विद्यार्थीहरु शैक्षिक, सामाजिक तथा अतिरिक्त क्रियाकलापलगायत विभिन्न क्षेत्रमा अब्बल रहेको बताए । रिलायन्सले अध्ययनसँगै विद्यार्थीको करियर विकासमा समेत विशेष ध्यान दिँदै आएको उनको भनाइ थियो ।
अभिभावकको तर्फबाट बोल्दै बासु गुरागाईंले विद्यालयप्रति आभार व्यक्त गर्दै विद्यार्थीको भविष्य निर्माणमा रिलायन्सले खेलेको भूमिकाको प्रशंसा गरे ।
कार्यक्रमका सभापति तथा रिलायन्स एजुकेशन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्रजंग थापाले नेटवर्कअन्तर्गतका विद्यालयहरुले वर्षौंदेखि दक्ष तथा सक्षम जनशक्ति उत्पादन गर्दै आएको बताए । रिलायन्सबाट अध्ययन गरेका विद्यार्थीहरु नेपाल तथा विदेशमा समेत सफलतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा ध्यान, राष्ट्रिय गान, सांगीतिक प्रस्तुति, अनुभव आदान–प्रदान, शुभकामना मन्तव्य, शिक्षक सम्मान तथा फेयरवेल गीतलगायत विविध कार्यक्रम प्रस्तुत गरिएको थियो ।
विद्यालयका अनुसार गत वर्ष एसइई परीक्षामा सहभागी ५५ जना विद्यार्थीतमध्ये तीन जनाले ४ जीपीए प्राप्त गरेका थिए भने अन्य विद्यार्थीहरुले पनि उत्कृष्ट नतिजासहित परीक्षा उत्तीर्ण गरेका छन् ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया