त्रिविअन्तर्गत बीआईटी कार्यक्रमको प्रवेश परीक्षा तालिका सार्वजनिक, आवेदन खुला
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) ले चार वर्षे स्नातक तहको “Bachelor in Information Technology (BIT)” कार्यक्रमका लागि शैक्षिक सत्र २०८३ को प्रवेश परीक्षा तथा नयाँ भर्नासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ । सेमेस्टर प्रणाली अन्तर्गत ग्रेडिङ प्रणालीअनुसार सञ्चालन हुने उक्त कार्यक्रममा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरिएको हो ।
प्रकाशित सूचनाअनुसार प्रवेश परीक्षाको आवेदन फाराम अनलाइन माध्यमबाट असार ११ गते बिहीबार बिहान १० बजेदेखि उपलब्ध गराइनेछ । नियमित शुल्क तिरी आवेदन फाराम बुझाउने अन्तिम मिति साउन २२ गतेसम्म तोकिएको छ भने दोब्बर शुल्क तिरेर साउन २३ गतेदेखि २७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
बीआईटी कार्यक्रमको प्रवेश परीक्षा साउन ३० गते शनिबार बिहान ८ बजे सञ्चालन हुनेछ । प्रवेश परीक्षाको केन्द्र भने पछि सार्वजनिक गरिने जनाइएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित “Bachelor in Information Technology (BIT)” कार्यक्रम सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको चार वर्षे स्नातक कार्यक्रम हो । यससम्बन्धी थप जानकारी तथा अनलाइन आवेदनका लागि आईओएसटीको आधिकारिक वेबसाइट iost.tu.edu.np मा हेर्न सकिने जनाइएको छ ।
ताजा अपडेट
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया