ट्युसन सेन्टरको छाना भत्किँदा १४ बालबालिकाको मृत्यु
काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तस्थित लाहोरमा रहेको एक निजी ट्युसन सेन्टरको छाना भत्किँदा १४ जना बालबालिकाको मृत्यु भएको छ । मंगलबार कक्षा सञ्चालन भइरहेका बेला अचानक छाना भत्किँदा विद्यार्थीहरू भग्नावशेषमा पुरिएका थिए । दुर्घटनामा एक शिक्षिकासहित आठ जना बालबालिका घाइते भएका छन् ।
घटना लगत्तै स्थानीय बासिन्दा, उद्धारकर्मी र सुरक्षाकर्मीले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरेका थिए । उपकरण र खाली हातको सहायताले भग्नावशेष हटाउँदै उद्धार कार्य गरिएको थियो । घाइते सबैलाई तत्काल अस्पताल पुर्याइएको छ भने उनीहरूको उपचार भइरहेको जनाइएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त ट्युसन सेन्टर दर्ताबिनै सञ्चालन भइरहेको थियो । कक्षा सञ्चालन भइरहेको भवन जीर्ण अवस्थामा रहेको निजी आवासीय भवन भएको र दुर्घटना हुँदा छानामा टायल मर्मतको काम भइरहेको खुलेको छ । मर्मतका क्रममा कमजोर संरचनाले भार थेग्न नसक्दा छाना भत्किएको हुन सक्ने अधिकारीहरूको प्रारम्भिक अनुमान छ । मृत्यु हुने बालबालिकाको उमेर पाँचदेखि १६ वर्षबीच रहेको छ भने अधिकांश नौ वर्षभन्दा कम उमेरका थिए ।
घटनापछि प्रहरीले भवनधनीसहित दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । घटनास्थलबाट प्रमाण संकलन भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा लापरवाही देखिए कानुनबमोजिम कडा कारबाही गरिने पञ्जाब प्रान्त सरकारले जनाएको छ ।
लाहोरकी आयुक्त मरियम खानले घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र अनुसन्धान गरिने बताएकी छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । साथै भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन भवन सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिइएको छ ।
पाकिस्तानमा कमजोर निर्माण मापदण्ड, गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग तथा सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन नहुँदा भवन भत्किने घटना पटक–पटक हुने गरेका छन् । गत वर्ष पनि कराँचीमा पाँचतले भवन भत्किँदा २७ जनाको ज्यान गएको थियो । लाहोरको पछिल्लो घटनाले निजी ट्युसन सेन्टर तथा शैक्षिक संस्थाको भवन सुरक्षाप्रति फेरि गम्भीर प्रश्न उठाएको छ ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया