एसईई ग्रेड वृद्धी परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गतको ग्रेड वृद्धी (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले सोमबार बिहान नतिजा प्रकाशन गर्दै बिहान ११ बजेदेखि विद्यार्थीहरूले विभिन्न आधिकारिक माध्यमबाट नतिजा हेर्न सक्ने जनाएको छ।
बोर्डका अनुसार नियमित एसईई परीक्षामा नन–ग्रेडेड भएका १ लाख ४६ हजार ५०७ जना विद्यार्थीलाई ग्रेड वृद्धी (पूरक) परीक्षामा सहभागी हुने अवसर दिइएको थियो। तीमध्ये १ लाख २९ हजार ११४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
परीक्षामा सहभागी विद्यार्थीमध्ये ८३ हजार ५२३ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
यससँगै नियमित र ग्रेड वृद्धी (पूरक) परीक्षा गरी एसईई २०८२ मा सहभागी कुल ४ लाख ३० हजार ६६७ जना परीक्षार्थीमध्ये ३ लाख ६७ हजार ८८३ जना, अर्थात् ८५.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डका अनुसार विद्यार्थीहरूले www.neb.gov.np, www.see.gov.np लगायत विभिन्न वेबसाइट, IVR तथा SMS/USSD सेवामार्फत नतिजा हेर्न सक्नेछन्। साथै, आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्न सकिने व्यवस्था पनि गरिएको छ।
नतिजामा चित्त नबुझेका विद्यार्थीले असार २५ गतेदेखि असार ३१ गतेसम्म पुनर्योग (Retotaling) का लागि अनलाइनमार्फत आवेदन दिन सक्ने बोर्डले जनाएको छ।
त्यसैगरी, परीक्षा सञ्चालनका क्रममा मर्यादाविपरीत गतिविधिमा संलग्न रहेको पुष्टि भएपछि ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।
बोर्डले नतिजासम्बन्धी थप जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट तथा परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० मा सम्पर्क गर्न आग्रह गरेको छ।
ताजा अपडेट
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया