प्रधानाध्यापक नियुक्तिदेखि हटाउनेसम्मको अधिकार अब स्थानीय तहलाई
काठमाडौं । सरकारले शिक्षा नियमावलीको १०औँ संशोधन गर्दै सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्ति र पदमुक्तिसम्बन्धी व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ । संशोधित नियमावलीअनुसार अब स्थानीय तहले निश्चित आधार र प्रक्रिया पूरा गरेर प्रधानाध्यापकलाई पदबाट हटाउन सक्नेछ भने रिक्त पदमा प्रतिस्पर्धाका आधारमा नयाँ प्रधानाध्यापक नियुक्त गर्न पनि सक्ने व्यवस्था गरिएको छ ।
संशोधित नियमावलीमा प्रधानाध्यापकले कार्यसम्पादन करारबमोजिम काम नगरेको, कार्यसम्पादन सन्तोषजनक नभएको वा आचरण खराब रहेको देखिएमा स्थानीय तह प्रमुखले पदबाट हटाउन सक्ने उल्लेख गरिएको छ ।
यसका लागि स्थानीय तहको शिक्षासम्बन्धी विषय हेर्ने शाखा प्रमुख वा तोकिएको अधिकृतले प्रतिवेदन पेश गर्नुपर्नेछ । साथै, विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तह प्रमुखले प्रधानाध्यापकलाई जुनसुकै बेला पदमुक्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, सामुदायिक विद्यालयमा रिक्त रहेको प्रधानाध्यापक पदमा प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न सकिने व्यवस्था पनि संशोधित नियमावलीमा समावेश गरिएको छ ।
यसअनुसार स्थानीय तहले दरखास्त आह्वान गर्नेछ । आधारभूत तहको विद्यालयका लागि कम्तीमा स्नातक तथा माध्यमिक तहका विद्यालयका लागि स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित विद्यालयको सोही तहमा कार्यरत स्थायी शिक्षकहरूले आवेदन दिन सक्नेछन् ।
प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट योग्य उम्मेदवारलाई प्रधानाध्यापक नियुक्त गरिने व्यवस्था गरिएको सरकारले जनाएको छ ।
नयाँ व्यवस्थासँगै सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया थप प्रतिस्पर्धी, पारदर्शी र कार्यसम्पादनमा आधारित हुने अपेक्षा गरिएको छ । साथै, कार्यसम्पादन सन्तोषजनक नभएका प्रधानाध्यापकलाई आवश्यक प्रक्रिया पूरा गरी पदबाट हटाउन सकिने कानुनी आधार पनि स्पष्ट भएको छ ।
ताजा अपडेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया