भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले भारतका चार विश्वविद्यालयबाट प्राप्त शैक्षिक उपाधिका आधारमा यसअघि प्रदान गरिएको समकक्षता (Equivalence) रद्द गरेको छ। केन्द्रले बुधबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूको नाममा जारी भएका समकक्षता प्रमाणपत्रहरू खारेज गरिएको जनाएको हो ।
पाठ्यक्रम विकास केन्द्रका अनुसार भारतको CMJ University (Jorabat), Techno Global University (Shillong), Sangai International University (Manipur) तथा Pragyan International University (Jharkhand) बाट प्राप्त शैक्षिक उपाधिको समकक्षता रद्द गरिएको हो। यसअघि गठित छानबिन समितिको प्रतिवेदनका आधारमा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित उपस्थित हुन आग्रह गरिएको थियो ।
केन्द्रले तोकिएको अवधिभित्र प्राप्त कागजात र प्रमाणहरूको अध्ययन गर्दा समकक्षता कायम राख्न पर्याप्त आधार नदेखिएकाले त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम, २०८२ को विनियम २१ बमोजिम समकक्षता प्रमाणपत्र रद्द गर्ने निर्णय गरिएको जनाएको छ ।
त्रिविले यस विषयसँग सम्बन्धित विस्तृत विवरण र समकक्षता रद्द गरिएका व्यक्तिहरूको नामावली पाठ्यक्रम विकास केन्द्रको आधिकारिक सूचनामार्फत सार्वजनिक गरेको छ ।
ताजा अपडेट
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया