कक्षा ११ मा भर्ना हुने विद्यार्थीले कुटुम्ब नै किन रोज्ने ?
झण्डै ३० वर्षदेखि सञ्चालित, दक्ष शिक्षक शिक्षिका, कुशल व्यवस्थापक, उत्कृष्ट भौतिक पूर्वाधार, अब्बल नतिजा, अतिरिक्त क्रियाकलापमा जोड, प्रयोगात्मक शिक्षालाई प्राथमिकता । यो काठमाडौंस्थित जोरपाटी चोकमा रहेको कुटुम्ब एजुकेजन फाउण्डेशन अन्तर्गतको कुटुम्ब कलेजको विशेषता हो ।
यही विशेषतामा अडिएको कुटुम्ब वर्षेनी सयौं विद्यार्थीको रोजाईको कलेज बन्दै आएको छ । सबैका लागि गुणस्तरीय शिक्षा अर्थात ‘क्वालिटी एजुकेशन फर अल’ लाई मुल मन्त्र बनाएको कुटुम्बले शिक्षण सिकाइमा प्रयोग गर्दै आएको विधिले विद्यार्थीको क्षमता अभिवृद्धि गर्नुका साथै यहाँबाट उत्पादित विद्यार्थीको उचित शैक्षिक गन्तव्यसमेत निर्धारण गर्दै आएको छ । उसो त कुटुम्बमा अध्ययन गरेका विद्यार्थीहरु देश तथा विदेशका विभिन्न कम्पनीमा आफ्नो क्षमता प्रदर्शन गर्दै आफूलाई स्थापित गर्दै आएका छन् ।
व्यवस्थापन, मानविकी, शिक्षा र कानून विषयको अध्यापन गराउँदै आएको कुटुम्बको अर्को विशेषता भनेको शान्त अनि अनुशासित वातावरणमा हुने शिक्षण सिकाई पनि हो । जसले विद्यार्थीलाई शैक्षिक ज्ञानमात्र नभएर व्यावहारिक ज्ञानमा समेत जोड दिँदै आएको छ । उसो त यहाँका विद्यार्थीले कक्षामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सक्षम हुने गरेको कलेजका प्रमुख कार्यकारी अधिकृत(सिइओ) आशिष आचार्य बताउँछन् । ‘हामी विद्यार्थीलाई पढाइमा मात्र फोकस गर्दैनौँ उनीहरुको चौतर्फी व्यक्तित्व विकासमा पनि ध्यान दिन्छौँ,’ कलेजको विशेषता सुनाउँदै आचार्य भन्दै थिए, ‘उसो त कुटुम्बबाट पास आउट भएका विद्यार्थीहरुले जीवन जिउने कला पनि सिकेर जान्छन् हामी त्यसमा प्रतिवद्ध छौँ ।’
कुटुम्ब एजुकेशन फाउण्डेसन अन्तर्गतकै सेन्टिनिअल माविलाई हर्दा पनि हुन्छ । जसले एसईईको परीक्षामा उत्कृष्ट नतिजा निकाल्दै आफूलाई प्रमाणित गरिसकेको छ । हालै सार्वजनिक भएको एसईईको नतिजामा यसै स्कुलमा अध्ययन गरेकी सुर्जना श्रेष्ठले ४ जीपिए प्राप्त गरिन् । साथै, अन्य विद्यार्थीले पनि उत्कृष्ट नतिजा ल्याएका छन् ।
हाल कक्षा ११ र १२ पनि विद्यालय तहमै रहेकाले सेन्टिनिअलको शिक्षण विधिलाई कुटुम्बले पनि अबलम्बन गर्ने गरेको क्याम्पस प्रमुख डा. मोतिराम फुयाँल बताउँछन् । क‘हामीले एसईई र प्लस टु दुवैमा शतप्रतिशत नतिजा निकाल्दै आएका छौँ,’ उनले भने, ‘यसको कारक हाम्रा अब्बल शिक्षक शिक्षिका, कुशल व्यवस्थापक अनि विद्यार्थी केन्द्रीत शैक्षिक प्रणाली नै हो ।’
एसईईको नतिजा सार्वजनिक भएसँगै यतिबेला देशभरका विद्यालयमा कक्षा ११ को भर्नाको चटारो छाएको छ । यही चटारोमा छ कुटुम्ब कलेज पनि । विशेषगरी, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, नुवाकोट लगायत देशैभरका विद्यार्थीको आकर्षणको केन्द्र बन्दै आएको कुटुम्बमा पनि यतिबेला भर्ना अभियान सञ्चालन भइरहेको छ ।
साथै, जेहेन्दार, आर्थिक विपन्न र प्राकृतिक विपत्तिको सामना गरेका विद्यार्थीहरुका लागि कलेजले विशेष छात्रवृत्तिको समेत व्यवस्था गरेको सिइओ आचार्य बताउँछन् । ‘हामीले हरेक वर्ष विद्यार्थीलाई आकर्षक छात्रवृत्तिसमेत प्रदान गर्दै आएका छौँ,’ उनले भने, ‘यसपाली पनि हामीले जेहेन्दार, आर्थिक विपन्न र प्राकृतिक विपत्तिको सामना गरेका विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था गरेका छौँ ।’
ताजा अपडेट
- कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
- कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै
- बोर्डमा मन्त्रीको एक्सन: ४५ दिनभित्र कक्षा १२ नतिजा निकाल्न निर्देशन, नसके मार्गप्रशस्त गर्न चेतावनी
- व्यवसायी गोल्छा पक्राउ, पुल्चोक क्याम्पसको जग्गामा रहेको इम्बार्क कलेजको विवाद फेरि सतहमा
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
- प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
- तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी
- नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा आमाको मुख हेर्ने दिनमा स्वास्थ्य सेवामा विशेष छुट
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया