त्रिविले स्नातक तह प्रथम वर्षको भर्ना खोल्यो, कक्षा १२ को नतिजा चाहिँ कहिले आउला ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले स्नातक तह प्रथम वर्षको भर्ना कार्यक्रम खुला गरेको छ । बिहिबार एक सूचना जारी गर्दै त्रिविले २०८०/०८१ का लागि भर्ना कार्यक्रम खुला गरेको हो ।
त्रिभुवन विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि संकायमा विद्यार्थी भर्नाका लागि त्रिविले सूचना जारी गरेको हो ।
त्रिविका अनुसार आवेदन फारम २०८० साउन २८ देखि वितरण हुने र भदौ मसान्तसम्म बुझाइसक्नुपर्ने छ ।
त्यस्तै, मंसिर ५ गतेबाट कक्षा सञ्चालन हुने त्रिविले जनाएको छ । त्रिविका अनुसार विद्यार्थीले प्रवेश चाहेको प्रत्येक संकाय/अध्ययन संस्थान र विषयअनुसार क्याम्पसमा बेग्लाबेग्लै फारम बुझाउनुपर्ने छ ।
यसैगरी, आवेदन दिँदा फारमसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रतिलिपिसमेत बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
त्रिविले भर्ना कार्यक्रम शुरु गरेपनि कक्षा १२ को नतिजा भने प्रकाशित हुन सकेको छैन । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्मा साउन महिनाभित्रै नतिजा ल्याउने गरी काम भइरहेको बताउँछन् । ‘यही महिनाभित्र नतिजा ल्याउने तयारीमा छौँ,’ उनले भने ।

ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया