Techie IT
  • बिहीबार, असोज २९, २०८३ / Thursday, October 15, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ कलेज ∕ कक्षा १२ को नतिजा सार्वजनिकका लागि बोर्डले बोलायो बैठक, नतिजा आजै आउने

कक्षा १२ को नतिजा सार्वजनिकका लागि बोर्डले बोलायो बैठक, नतिजा आजै आउने


काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिकका लागि आज साँझ ५ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा सार्वजनिक लागि साँझ ५ बजेका बोर्डको बैठक बोलाइएको हो ।

बोर्डको बैठकपछि आज नै नतिजा सार्वजनिक गर्ने तयारी रहेको शर्माले जानकारी दिए । ‘हामी आज नै नतिजा सार्वजनिक गर्ने तयारीमा छौँ,’ उनले भने, ‘ठूलो प्राविधिक समस्या आएन भने आज नै नतिजा सार्वजनिक गर्नेछौँ ।’

बोर्डले गत वैशाख २६ गतेदेखि जेठ ४ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएका थिए । परीक्षाका लागि देशभर १ हजार ४५७ परीक्षा केन्द्र तोकिएको थियो ।

यस्तै, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको