Techie IT
  • मंगलबार, भदौ १०, २०८२ / Tuesday, August 26, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठकलेजत्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने

त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४९औं दीक्षान्त समारोह आयोजना गर्ने भएको छ ।

गत वर्ष असार एक गतेदेखि गएको जेठ ३२ गते सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थी यसमा सहभागी हुन पाउने त्रिविले जनाएको छ ।

यसका साथै सोही अवधिभित्र विद्यावारिधि (पीएचडी) तह पूरा गर्ने विद्यार्थीहरूले पनि यस दीक्षान्त समारोहमा भाग लिन पाउनेछन् । यसका लागि विद्यार्थीहरूले अनलाइनबाटै आवेदन दिन सक्नेछन् । आवेदन आउँदाे कात्तिक ८ गतेसम्म दिन सकिने  त्रिविले जनाएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको