प्रविधिमैत्री बन्दै शितला मावि, कारोबार पारदर्शी बनाउन क्यु.आर. काेड सुविधा
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित शितला माध्यमिक विद्यालय डिजिटल विद्यालयमा प्रवेश गरेको छ । विद्यालयको आर्थिक कारोवारलाई पारदर्शी, चुस्त, तन्दुरुस्त र कारोवारलाई सेवाग्राही मैत्री बनाउन तथा विद्यालय शिक्षामा सुशासन कायम गर्न अब क्यु. आर कोडबाट सेवा शुरु गरेको हो ।
कक्षा ११ मा घरमै वसेर अनलाईनको माध्यमबाट भर्ना हुन सक्ने व्यवस्था गरेको छ । सल्लाह सुझाव तथा उजुरी र गुनासो लिन इमेल तथा गुगल फर्मको प्रयोग गरेको छ ।
यस सम्वन्धमा विद्यालयका प्रधानाध्यापक लक्ष्मण ,श्रेष्ठ समयानुकुल शिक्षामा परिवर्तन ल्याई सुचना संचारलाई अधिकतम प्रयोग गरी महानगरपालिकाको नमूना डिजिटल विद्यालय बनाउन सबै जना लागि परेको बताउँछन् । उनले विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, शिक्षक अभिभावक संघ र वि.व्य.स.को सकृय सहयोग र टेवाको कारणले विद्यालयले छोटो समयमा उदाहरणीय काम गरेको बताए ।
विद्यालयले सबै शिक्षक कर्मचारीहरुको लागि आधारभूत कम्प्युटरको तालिम सम्पन्न गरेको छ भने विद्यालयको भर्ना तथा अन्य कृयाकलापहरुलाई क्लाउड वेस्ट कृयाकलाप शुरु गरेको छ ।
परीक्षा सञ्चालन र नतिजा प्रकाशनको कार्य पनि सफ्टवेयरमा आधारित भएर शुरु गरेको छ । त्यस्तै
विद्यालयका सहायक प्रधानाध्यापक इश्वरी अधिकारीले समय सँगै विद्यालयमा सेवा विस्तार गरि गुणस्तरीय शिक्षा दिन शितला मा.वि. सदैव तत्पर रहेको बताए ।
प्रा.वि. इञ्चार्ज देवुकुमारी शर्माले विद्यालयलाई डिजिटल शितला बनाउन लागिएको र यसका लागि आवश्यक सामग्री र प्रयोगको अभिमुखिकरण कार्यक्रमका लागि स्थानीय सरकार, प्रदेश सरकार तथा सांसद विकास कोष जस्ता विविध स्रोत लाई समेटेर लैजान विद्यालयले कोशिश गरिरहेको बताइन् ।
त्यस्तै, का.म.न.पा वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालले शितला मा.वि.ले कम समयमा तीव्र गतिमा प्रगति गरिरहेको, अनलाईन र क्लाउडमा आधारित भर्ना गरेको, आय व्ययलाई इन्स्टेन्ट एण्ड इमिडियट अद्यावधिक गरेको, विद्यालयको सामाजिक परीक्षण, लेखा परीक्षण, विद्यालय सुधार योजना समयमा अद्यावधिक गरेको र आइसिटीको प्रयोगबाट सिकाइ उपलब्धि वृद्धि गरी विश्व बजारमा प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्नका लागि डिजिटल विद्यालय बनाउन लागि परेकोले यसको प्रगति र विकासका लागि आफु सदैव अग्रसर भएको बताए ।
यो विद्यालय नेपालको सरकारी सामुदायिक विद्यालयहरुमध्ये सवै भन्दा पहिलो कोड क्लव संचालन गर्ने विद्यालय हो भने काठमाडौं महानगरपालिकामा शिक्षा विभागले मागेका तथ्यांक बुझाउने, सामाजिक परीक्षण, विद्यालय सुधार योजना, शिक्षक कर्मचारी विवरण, आइइएमआइएस लगायत अन्य विवरण पेश गर्ने विषयमा सर्वोत्कृष्ट रहेको छ ।
ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया