इन्जिनियरिङ अध्ययनमा आईओईले एक्कासी किन बढायाे तीन लाख बढी शुल्क ?
काठमाडौं – त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्था (आइओई)ले स्नातक तहमा तीनलाख ३० हजार शुल्क वृद्धि गरेको छ । आईओईले चारवर्षे इन्जिनियरिङ विषयमा चर्को शुल्क वृद्धि गरेको हो ।
आईओईको गत साउन २५ गते बसेको कार्यान्वयन समितिको बैठकले शुल्क बढाउने निर्णय गरेको हो । आखिर एक्कासी आईओईले किन गर्यो इन्जिनियरिङ विषयको शुल्क वृद्धि ? आइओईका डिन शशीराम जोशी हरेक वर्ष १० प्रतिशतका दरले शुल्क वृद्धि गर्नुपर्ने भए पनि यसअघि शुल्क वृद्धि नभएकाले यसपटक वृद्धि गरिएको बताउँछन् । ‘०५३ देखि इन्जिनियरिङ तहको शुल्क बढेको थिएन,’ उनले भने, ‘सबै सोचविचार गरेर यसपटक शुल्क वृद्धि भएको हो ।’
यसअघि चारवर्षे इन्जिनियरिङ विषयको चार लाख ४५ हजार रुपैयाँ शुल्क लिँदै आएको थियो । यसरी विद्यार्थीलाई आर्थिक भार पर्ने गरी चर्को शुल्क वृद्धि गर्दा विद्यार्थी भने आन्दोलित भएका छन् ।
आन्दोलित विद्यार्थीहरूले मंगलबार उपत्यकासँगै देशका विभिन्न ठाउँ र इन्जिनियरिङ पठनपाठन हुने क्याम्पसहरूमा प्रदर्शन गरेका छन् । उनीहरूले शुल्कमा हेरफेर हुनुपर्ने माग राखेका छन् ।
शुल्क वृद्धिको विषयलाई लिएर पूर्वाञ्चल क्याम्पस, धरानमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।
ताजा अपडेट
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित








तपाईको प्रतिक्रिया