शिक्षकमाथि कुटपिट गर्नेमाथि कारवाहीको माग गर्दै तीन दिनदेखि कञ्चरपुरका विद्यालय बन्द
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवामा रहेको शिद्धनाथ माविका शिक्षक तथा लेखापाल वीरेन्द्र जोशीमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै तीन दिनदेखि कञ्चनपुरका विद्यालयहरू बन्द छन् । गत आइतबारदेखि सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहेका हुन् ।
आइतबार नै भीमदत्त नगरपालिका भित्रका सामुदायिक विद्यालय बन्दको आह्वान गरिएको थियो । तर, मागप्रति स्थानीय प्रशासन मौन बसेको भन्दै सोमबारदेखि जिल्लाभरकै सामुदायिक र निजी विद्यालय बन्द आह्वान गरिएको हो ।
विद्यालय बन्द आह्वान गर्दै शिक्षक कर्मचारीहरू तीन दिनदेखि सडकमा आन्दोलन गर्दै आएका छन् । भदौ ३ गते यौन दुर्व्यवहार आरोप लागेका शिक्षक जोशीमाथि विद्यालय प्रांगणमै कुटपिट भएको थियो ।
प्रहरी नियन्त्रणमा रहेका जोशीमाथि सामूहिक रूपमा ढुंगामुढा प्रहार हुनुका साथै कुटपिट गरिएको थियो ।
जोशीमाथि कक्षा १० मा अध्ययनरत छात्राले आफ्नो संवेदनशील अंग समातेको आरोप लगाएकी थिइन् । उक्त आरोपपछि शिक्षक जोशीमाथि कारबाहीको माग गर्दै भदौ ३ गते विद्यालयमा विद्यार्थी, अभिभावक तथा स्थानीयले विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकै क्रममा प्रहरीको टोलीले शिक्षक जोशीलाई नियन्त्रणमा लिएको थियो ।
अफिसबाटै हतकडी लगाएर प्रहरीले भ्यानमा लैजाने क्रममा उनीमाथि निर्घात कुटपिट भएको थियो ।
विद्यालय तथा शिक्षक कर्मचारीहरूले जिल्लास्तरको आन्दोलन परिचालन समिति बनाएर आन्दोलन गर्दै आएका छन् । शिक्षकमाथि कुटपिट गर्नेलाई कारबाही गर्नुपर्ने, शिक्षकमाथि लागेको आरोपको छानबिन हुनुपर्ने, लापरबाही गर्ने प्रहरी अधिकारीमाथि कारबाही गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका हुन् । उनीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गर्नुका साथै धर्ना दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले भने आन्दोलनरत शिक्षकहरूलाई वार्ताको लागि बोलाएको छ । वार्ता र आन्दोलनका कार्यक्रम सँगसँगै अघि बढिरहेको उनीहरूको भनाई छ । शिक्षक कर्मचारीहरूले थालेको आन्दोलनमा निजी विद्यालय सञ्चालकहरूले समेत ऐक्यबद्धता जनाएका छन् । उनीहरूले समेत सम्पूर्ण संस्थागत विद्यालय बन्द आह्वान गरेका हुन् ।
नेपाल शिक्षक महासंघ जिल्लास्तरीय आन्दोलन परिचालन समिति मार्फत आन्दोलन हुँदै आएको हो ।आरोपपछि विद्यालयमा नाराजुलुस र ढुंगामुढा प्रहार गर्न लागेपछि जिल्ला प्रहरी कार्यालयबाट सुरक्षार्थ प्रहरी टोली खटाइएको थियो । जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक सीताराम विष्टको कमाण्डमा प्रहरी खटाएको छ ।
उनको सुरक्षामा आरोपित शिक्षक जोशीलाई कार्यकक्षबाटै हतकडी लगाई २०० मिटरको दुरीमा रहेको प्रहरी भ्यानमा लगिएको थियो । त्यही बेला जोशीमाथि ढुङ्गामुढा, ईट र धारिलो हतियार प्रहार भएको हो । गम्भीर घाइते भएका जोशीको हाल धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
उनीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै आएपछि प्रशासन मौन बसेको समितिको भनाई छ । उनीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गर्दै भदौ १० गते भीमदत्त नगरपालिका भित्रका र ११ गतेदेखि जिल्लाभरका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरिएको हो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भने ६ जनालाई पक्राउ गरेको छ । त्यस्तै आरोपित शिक्षक जोशीको समेत प्रहरी सुरक्षा घेरामा उपचार भइरहेको हो ।
घटनामा संलग्न रहेका ८ जना मध्ये २ जना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख एसपी कमल थापाले घटनाबारे किटानी जाहेरी लिएर अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको बताए ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया