रिलायन्स पब्लिक स्कुलमा नमुना संयुक्त राष्ट्रसंघको ८ औं संस्करण शुरु
काठमाडौं । नमुना संयुक्त राष्ट्रसंघको आठौँ संस्करण कपनस्थित रिलायन्स पब्लिक स्कुलमा शुरु भएको छ । रिलायन्स एजुकेशन नेटवर्कको आयोजनामा बिहिबारबाट उक्त संस्करण शुरु भएको हो ।
नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाको सभापतित्वमा शुरु भएको उक्त कार्यक्रममा चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरी, युएन हाउस नेपालका प्रतिनिधि सुवास नेपाली विशेष अतिथिका रुपमा रहेका थिए ।
कार्यक्रममा बोल्दै नेपालीले दिगो विकासका लागि यस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व विकास हुने धारणा राखेका थिए ।‘यस्ता कार्यक्रमले विद्यार्थीको धारणामा परिवर्तन ल्याउँछ,’ उनले भने, ‘जसकारण भाबी दिनमा कुशल नेतृत्व उत्पादन गर्न सहयोग गर्छ भन्ने मेरो विश्वास छ ।’
यसैगरी, रिलायन्स एजुकेशन नेटवर्कका संस्थापक निर्देशक राजकुमार सिवाकोटीले धारणा राख्दै यस्ता विषयले विद्यार्थीमा कुटनीतिक क्षमताको अभिवृद्धि गरी विज्ञान र प्रविधिले शुशोभित दक्ष नागरिक निर्माण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि कार्कीले विद्यार्थीको नेतृत्व विकासका लागि लगनशील हुनुपर्ने धारणा राखेका थिए ।
यसैगरी, नेटवर्कका अध्यक्ष एवम् कार्यक्रमका सभापति थापाले विश्व शान्ति, सद्भाव, भाइचारा, प्रविधिको समुचित प्रयोग विश्व तापमान र त्यसले पार्ने प्रभाव मानवीय नवीन बस्तीको खोजी एवम् सर्वजन हिताय चः भन्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजनका गरिएको बताए । ‘विश्वमा भइरहेका जल्दाबल्दा समस्याको जानकारी दिने एवम् त्यस्ता समस्याहरु के कसरी समाधान गर्न सकिन्छ भनेर यो कार्यक्रमको आयोजना गरेका हौँ,’ उनले भने ।
नेटवर्कले विद्यालय एवम् विश्वविद्यालय स्तरका बालबालिकाको क्षमता अभिवृद्धि गरी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याको पहिचान गरी के कसरी समाधान गर्न सकिन्छ भनेर बुझ्न बुझाउन सन् २०१६ मा रिलायन्स स्कुल नमुना राष्ट्रसंघको स्थापना गरिएको जनाइएको छ ।
उक्त समारोहको समापन शनिबार दिउँसो तीन बजे हुँदैछ ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया