किन अझै रिहा भएनन् विपिन जोशी ?
काठमाडाैं । गत अक्टोबर ७ मा इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणका बेला बन्दी बनाइएका नेपालका विपिन जोशी अझै रिहा हुन सकेका छैनन् ।
दक्षिणी इजरायलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत जोशीलाई हमासले सोही दिन नै पक्राउ गरी बन्धक बनाएको थियो ।
हमास समूहले नेपालसहित धेरै देशका विदेशी नागरिकहरुलाई बन्धक बनाएर राखेको तथ्यहरु बाहिरिएका थिए । हाल हमास समूहको बन्दीमा रहेका अन्य देशका नागरिकहरु रिहा हुन थाले पनि विपिन भने अझै रिहा हुन सकेका छैनन् ।
कतारको समन्वयमा इजरायल र हमास समूहबीच चार दिने अस्थायी युद्धविरामसँगै बन्दी बनाइएकाहरुको रिहा गर्ने सहमति समेत भएको थियो । सोही सहमति अनुसार हमासले बन्धक बनाएकाहरूलाई रिहा गर्दै आइरहेको छ ।
हालसम्म हमासले बन्धक बनाएकामध्ये ४१ जनालाई रिहा गरिसकेको छ । शुक्रबार पहिलोपटक हमासले १३ इजरायली, १० थाई र १ फिलिपिनोसहित २४ जनालाई मुक्त गरेको थियो । त्यससँगै नेपालका विपिन जोशी पनि रिहा हुने आशा गरिएको थियो ।
पहिलोपटकमा रिहा हुन नसकेपछि दोस्रो पटकमा रिहा हुने अपेक्षा गरिएकोमा दोस्रो पटक पनि उनी रिहा नभएपछि परिवारमा थप चिन्ता थपिएको छ । त्यसो त शनिबार दोस्रो पटक हमासले १७ जनालाई रिहा गरिसकेको छ भने बन्धक रहेका अन्यलाई समेत रिहा गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
पक्राउ गरेका अन्य व्यक्तिहरुलाई रिहा गरिरहँदा जोशी भने रिहा हुने टोलीमा पर्न सकेका छैनन् । विपिनको रिहाइ हुन नसक्नुमा नेपालको कुटनीति कमजोर देखिएको भनेर सरकारको आलोचना समेत भइरहेको छ ।
विपिनको रिहाइका लागि पहल गरिरहेको भनिए पनि इजरायलस्थित नेपाली दूतावासले जोशीको रिहाइबारे आफूहरूलाई जानकारी नहुने बताउँदै आइरहेको छ ।
इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले विपिनको रिहाइका लागि पहल भइरहे पनि कहिले रिहाइ हुन्छ भन्ने जानकारी नभएको बताएकी छिन् । रिहाइ हुने केही समय अघि मात्रै त्यसको जानकारी हुने बताइन् ।
यता नेपालले भने विपिनको रिहाइको लागि विभिन्न देशसँग पहलका लागि आग्रह गरिरहेको छ ।
दुई दिने नेपाल भ्रमणमा रहेका बेला कतारका विदेश राज्यमन्त्रीसँग समेत नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेको थियो । भने नेपालले इजरायलसँग समेत विपिनको रिहाइका लागि पटकपटक आग्रह गर्दै आइरहेको छ ।
हमास समूहको बन्धक रहेका मध्ये १८ वर्ष मुनीका बालबालिका, वृद्धवृद्धा तथा महिलालाई रिहा गर्ने बताउँदै आएको छ ।
हमास समूहले रिहा गरेकाहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस संगठन (आईसीआरसी) का प्रतिनिधिहरूको जिम्मा लगाउँदै आएका छन् भने आईसीआरसीका प्रतिनिधिमार्फत् सम्बन्धित देशमा पठाउने काम भइरहेको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्ययमा बताइए अनुसार इजरायलले एक जनाको सट्टामा तीन जना प्यालेस्टिनीलाई रिहा गर्दै छ ।
हमासको आक्रमणमा परि दक्षिणी इजरायलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए । सबै मृतक र घाइतेहरुलाई नेपाल ल्याइसकिएको छ ।
युद्दका कारण इजरायस्थित नेपाली राजदूतावासले समन्वय गरी नेपालीहरुलाई नेपाल फर्काइरहेको छ । गत असोज २६ गते नेपाल बायु सेवा निगमको जहाजमार्फत् २५४ जना र असोज ३० गते भारतीय दूतावासको समन्वयमा १८ जना नेपाली स्वदेश फर्किएका थिए भने दूतावासको समन्वयमा नेपाल फर्किन चाहने नेपालीहरुलाई नेपाल फर्काउने काम भइरहेको छ ।
पछिल्ला वर्षहरुमा इजरायल नेपालीका लागि रोजगारीसँगै अध्ययनका लागि समेत मुख्य गन्तव्य बन्दै आइरहेको छ । जसअनुसार ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि विद्यार्थीहरु त्यहाँ गएका थिए ।
परराष्ट्रमन्त्री एनपी साउदले संसदमा गराएको जानकारी अनुसार हाल इजरायलमा ४ हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको छन् भने दुई सय ६५ जना विद्यार्थी छन् ।
विद्यार्थीहरूमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन् ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया