समाचार
पर्यटकले भित्र्याउनेभन्दा नेपाली विद्यार्थी विदेश पढ्न लिने रकम बढी : सांसद थापा
काठमाडौं—नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पर्यटकहरुमार्फत भित्रिने वैदेशिक मुद्राभन्दा नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि लिने रकम बढीको भएको बताएका छन् । बुधबार संसद बैठकमा बोल्दैं उनले १० लाख पर्यटक आए भनेर हल्ला गर्ने गरेको उल्लेख गर्दै त्यो भन्दा बढी नेपाली विद्यार्थीले अध्ययन लागि रकम लिएर जाने गरेको बताए ।
‘पर्यटकहरुबाट हुने आम्दानी भन्दा बढी रकम नेपाली विद्यार्थीहरु लिएर गए,’ उनले भने । सांसद थापाले चिकित्सा शिक्षामा भने विदेशमा कम विद्यार्थी गएको बताए । उनले पछिल्लो तीन वर्षमा नर्सिङ अध्ययनका लागि तीन सय विद्यार्थी पनि विदेश नगएको उल्लेख गर्दै अहिले मिथ्यांकहरु प्रस्तुत गरेर आतंक सिर्जना गरिएको दावी गरे ।
अरु विषय पढ्न क्यानडा, अष्ट्रेलिया र युरोपमा थुप्रै विद्यार्थीहरु भने गएको उनको भनाइ । तीमध्ये पनि सबै पढ्न भनेर नगएको बताउँदैं थापाले विदेश जाने ट्रेण्ड पनि बदलिरहेको बताए । ‘हामीले देख्छौं कुनै बेला बढी विद्यार्थी बेलायत जान्थे, जतिबेला बेलायतको इमीग्रेसन अलि खुकुलो थियो । कुनै बेला अष्ट्रेलिया जान्थे, अहिले क्यानडा जान्छन्,’ उनले भने, ‘यो सबै पढ्नका लागि होइन्, यो पनि हामीलाई थाहा छ । यसका अरु पक्षहरु छन् ।’
थापाले तर कतिपय विद्यार्थीहरु पढ्नका लागि पनि गएको बताए । ‘हाम्रो विश्वविद्यालयको कारणले गर्दा गएका छन् । विश्वविद्यालय शिक्षा सुधार ग¥यो भने कतिपयलाई यही रोक्न सकिन्छ,’ उनले भने, त्यो विश्वविद्यालय सुधार गर्नका लागि केही समयपछि यही संसदमा सरकारले उच्च शिक्षा विद्येयक ल्याउँदैछौं, जो अहिले सार्वजनिक भएको छ, त्यसलाई हामी पढी पनि रहेका छौं । त्यो उच्च शिक्षा विधेयकमा यो संसदमा हामीले काम गर्नुपर्नेछ ।’
उनले यसबाहेक हाम्रा विश्वविद्यालयको स्वायत्तता, विविधता र मौलिकता सँगसँगै काम गरेर विश्वबजारका लागि अनुकूल जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय बनाउनुपर्ने धारणा राखे । यो बीचमा त्रिभुवन विश्वविद्यालय रिक्त उपकुलपति पदमा भागबण्डा नगरेर नियुक्त गर्नुपर्ने उनको भनाइ थियो ।
सांसदले आफूले पाएको जिम्मेवारी पूरा गर्दै उच्च शिक्षा विधेयक ठीक ढंगले बनाउनुपर्नेमा उनले जोड दिए । ‘सरकारले मौका पाएको बेला त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयका नेतृत्वहरु भागबण्डा नगरीकन विश्वविद्यालयको नेतृत्वको नियुक्त गर्दाखेरी नै कुनै पनि नागरिकले टिप्पणी गर्न नसक्ने गरीकन बनाउने मौकाबाट चुक्यो भने हाम्रो कुरा कुरामात्र हुन्छन्,’ उनले भने ।
ताजा अपडेट
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
- डा. गोविन्द केसीले तोडे अनसन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया