समाचार
विद्यालयका अंग्रेजी नाममाथि बालेनको एक्सनः अब नेपालीपन झल्कने नाम राख्नुपर्ने
काठमाडौं—काठमाडौं महानगरपालिकाका मेयर बाले शाहले निजी विद्यालयका अंग्रेजी नाममाथि एक्सन सुरु गरेका छन् । उनले काठमाडौं महानगरभित्रका निजी विद्यालयहरुमा नेपालीपन झल्किने नाम राख्नैपर्ने व्यवस्था लागु गरेका छन् ।
महानगरले बुधबार विद्यालय शिक्षा व्यवस्थापन नियमाली, २०७४ को व्यवस्था कार्यन्वयन गर्न सूचना जारी गरेको छ । यदि उक्त व्यवस्था कार्यन्वयन गर्न अटेर गरिएका कारवाही थाल्ने चेतावनी महानगरको छ ।
‘शिक्षा नियमावली, २०५९ (संशोधनसहित)को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था छ । महानगरपालिकाअन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरुको नाम, यो व्यवस्था प्रतिकूल देखिएकाले त्यस्ता विद्यालयहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस विभागमा अनिवार्य सम्पर्क गर्नुहुन सूचित गरिन्छ,’ महानगरको सूचनामा भनिएको छ ।
साथै महानगरले ७ दिनभित्र महानगरमा सम्पर्क राखेर मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउनेसहित कानुन बमोजिमको कारवाही गर्ने चेतावनीसमेत दिएको छ । ‘यस अवधिमा सम्पर्क गरी मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउनेसहित कानुन बमोजिमको कारवाही प्रक्रिया अगाडि बढाइनेछ,’ महानगरले भनेको छ, ‘विद्यालयको मौलिक नामाकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभागका निवेदन दिनुपर्नेछ ।’ उसले यसमा अटेरी गर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ ।
काठमाडौं महानगरमा ५०४ निजी विद्यालय छन् । जसमध्ये अधिकांश विद्यालयका नाम अंग्रेजी र विदेशीपन झल्काउने खालका छन् । नाममा ‘पब्लिक’ शब्द जोड्न विद्यालयले कम्तिमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा पढाउनुपर्ने, ‘नेशनल’ शब्द जोड्न कम्तिमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्ने र ‘इन्टरनेशनल’ शब्द जोड्न कम्तिमा एक तिहाइ विदेशी विद्यार्थी हुनुपर्ने प्रावधान छ ।
ताजा अपडेट
- राजनीतिक दलमा आवद्ध शिक्षक कर्मचारीलाई कारवाही गर्ने मन्त्री पुनको चेतावनी
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी ग्रेडेड
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक हुँदैं
- युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
- स्नातक अध्ययनका लागि २ जनालाई ५ लाख ५० हजार छात्रवृत्ति दिने ‘हेल्प’को घोषणा
- शिक्षा मन्त्रालयद्वारा उपकुलपति र रजिष्ट्रारका लागि आवेदन खुला
- आफ्नै भवनमा सर्यो शिक्षा मन्त्रालय, मन्त्री पुनको बसोबास पनि सिंहदरबारमै
- उद्घाटन र शिलान्यासजस्ता औपचारिक कार्यक्रममा नबोलाउन शिक्षामन्त्रीको आग्रह
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया