काठमाडौं मोडल कलेजले पायो क्युएए प्रमाणपत्र
काठमाडौं मोडल कलेज (केएसी) ले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) को प्रमाणपत्र प्राप्त गरेको छ , केएमसीलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाणपत्र प्रदान गरेको हो ।
अन्तर्राष्ट्रिय विद्याथीलाई आकर्षण गर्ने, अटोनमस कार्यक्रम सञ्चालन गर्ने, आवासीय सुविधा सहित उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्ने र मानित विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्दै आएको कलेजलाई क्युएए प्रदान गरेको हो ।
स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षण सिकाइमा जोड दिँदै आएको केएमसी क्युएएबाट प्रमाणित हुने एक प्रतिशत भन्दा कम कलेज भित्र पर्न सफल भएको हो ।
क्युएएले नीति तथा योजनाको प्रावधान तथा कार्यान्वयन, पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापको प्रभावकारिता, गुणस्तरीय शिक्षण सिकाइ, उचित मूल्याङ्कन तथा कर्मचारीको क्षमता विकास, अनुसन्धान प्रवर्धन तथा सामुदायिक रुपमान्तरणका गतिविधिहरू सञ्चालन, पर्याप्त पूर्वाधार र सिकाइ स्रतहरूको उपलब्धता, विद्यार्थीको क्षमता अभिवृद्धि तथा रोजगारीको प्रवर्द्धन, संचार तथा प्रविधिको विकास, सूचना प्रवाह मार्फत सरोकारवालाप्रति जवाफदेहिता जस्ता महत्वपूर्ण पाटोहरूमा शैक्षिक संस्थाको खास अवस्था मूल्याङ्कन गरि प्रमाणित गर्ने गरेको छ ।
आयोगले तोकेका सबै मापदण्डहरू पुरा गरी केएमसीलाई आयोगद्धारा क्युएए प्रदान गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले विस्तृत तथा श्रृंखलाबद्ध अनुगमन र मूल्याङ्कनपछि आयोगले केएमसी लाई क्युएए प्रमाणित भएको घोषणा गरेको हो ।
सरकारले राष्ट्रिय शिक्षा नीति २०७६ मा गुणस्तर सुनिश्चित गर्न असफल हुने शैक्षिक संस्थाहरुलाई बन्द गर्ने प्रावधान उल्लेख गरेको छ । विसं २०६४ सालबाट विश्वविद्यालय अनुदान आयोग मार्फत औपचारिक रुपमा विश्वविद्यालय तथा कलेजहरुलाई क्युएए प्रमाणित गर्न सुरु गरेको हो ।
यो प्रमाणीकरणसँगै केएमसीका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट विश्वविद्यालयहरूमा अध्ययनका लागि छात्रवृत्ति सहितका विशेष अवसर पाउनेछन् । यो सफलतासंगै सबैको साथ र सहयोगमा निकट भविष्यमा केएमसीलाई विश्वस्तरको उत्कृष्ट कलेजका रुपमा परिचित गराई समग्र मुलुकलाई नै गौरवान्वित बनाउने गरी अघि बढ्न थप उर्जा मिलेको कलेजले बताएको छ ।
ताजा अपडेट
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
- चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. देवेन्द्र खत्री नियुक्त
- प्रधानाध्यापक नियुक्तिदेखि हटाउनेसम्मको अधिकार अब स्थानीय तहलाई
- एसईई ग्रेड वृद्धी परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण
- भोलि मंगलबार एसईई ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी
- सशस्त्र प्रहरीको स्कुलमै करोडौं हिनामिना !
- सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति, खुला प्रतिस्पर्धाबाट प्रधानमन्त्री शाहद्वारा नियुक्ति
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय










तपाईको प्रतिक्रिया