Techie IT
  • मंगलबार, असार ३१, २०८२ / Wednesday, July 16, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठकलेजकाठमाडौं मोडल कलेजले पायो क्युएए प्रमाणपत्र

काठमाडौं मोडल कलेजले पायो क्युएए प्रमाणपत्र


काठमाडौं मोडल कलेज (केएसी) ले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) को प्रमाणपत्र प्राप्त गरेको छ , केएमसीलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाणपत्र प्रदान गरेको हो ।

अन्तर्राष्ट्रिय विद्याथीलाई आकर्षण गर्ने, अटोनमस कार्यक्रम सञ्चालन गर्ने, आवासीय सुविधा सहित उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्ने र मानित विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्दै आएको कलेजलाई क्युएए प्रदान गरेको हो ।

स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षण सिकाइमा जोड दिँदै आएको केएमसी क्युएएबाट प्रमाणित हुने एक प्रतिशत भन्दा कम कलेज भित्र पर्न सफल भएको हो ।

क्युएएले नीति तथा योजनाको प्रावधान तथा कार्यान्वयन, पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापको प्रभावकारिता, गुणस्तरीय शिक्षण सिकाइ, उचित मूल्याङ्कन तथा कर्मचारीको क्षमता विकास, अनुसन्धान प्रवर्धन तथा सामुदायिक रुपमान्तरणका गतिविधिहरू सञ्चालन, पर्याप्त पूर्वाधार र सिकाइ स्रतहरूको उपलब्धता, विद्यार्थीको क्षमता अभिवृद्धि तथा रोजगारीको प्रवर्द्धन, संचार तथा प्रविधिको विकास, सूचना प्रवाह मार्फत सरोकारवालाप्रति जवाफदेहिता जस्ता महत्वपूर्ण पाटोहरूमा शैक्षिक संस्थाको खास अवस्था मूल्याङ्कन गरि प्रमाणित गर्ने गरेको छ ।

आयोगले तोकेका सबै मापदण्डहरू पुरा गरी केएमसीलाई आयोगद्धारा क्युएए प्रदान गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले विस्तृत तथा श्रृंखलाबद्ध अनुगमन र मूल्याङ्कनपछि आयोगले केएमसी लाई क्युएए प्रमाणित भएको घोषणा गरेको हो ।

सरकारले राष्ट्रिय शिक्षा नीति २०७६ मा गुणस्तर सुनिश्चित गर्न असफल हुने शैक्षिक संस्थाहरुलाई बन्द गर्ने प्रावधान उल्लेख गरेको छ । विसं २०६४ सालबाट विश्वविद्यालय अनुदान आयोग मार्फत औपचारिक रुपमा विश्वविद्यालय तथा कलेजहरुलाई क्युएए प्रमाणित गर्न सुरु गरेको हो ।

यो प्रमाणीकरणसँगै केएमसीका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट विश्वविद्यालयहरूमा अध्ययनका लागि छात्रवृत्ति सहितका विशेष अवसर पाउनेछन् । यो सफलतासंगै सबैको साथ र सहयोगमा निकट भविष्यमा केएमसीलाई विश्वस्तरको उत्कृष्ट कलेजका रुपमा परिचित गराई समग्र मुलुकलाई नै गौरवान्वित बनाउने गरी अघि बढ्न थप उर्जा मिलेको कलेजले बताएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको